कोशी प्रदेशका उद्योगीहरू भन्छन् : कृषि व्यापार रणनीति आवश्यक

विराटनगर । कोशी प्रदेशका उद्योगी व्यापारीले कृषि क्षेत्रको समस्या समाधानका लागि कृषि व्यापार रणनीति आवश्यक रहेकोमा जोड दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा सोमबार विराटनगरमा आयोजित ‘कोशी प्रदेशको कृषि व्यापार प्रवर्द्धन रणनीतिसम्बन्धी छलफलमा उद्योगीहरुले यस्तो धारणा राखेका हुन् ।
कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री रामप्रसाद महतोले कृषि क्षेत्रमा धेरै ठूलो समस्या रहेको बताउँदै त्यसका लागि कृषि व्यापार रणनीति आवश्यक रहेको बताए ।
‘रणनीति बनेको खण्डमा प्रदेशको कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउन पनि सहयोग पुग्छ । किनभने हाम्रो कृषि क्षेत्रको नशाहरु नै बिग्रिएका छन् । एउटा नशाको उपचार गर्यो भने अर्कोतिर समस्या आइहाल्छ’ राज्यमन्त्री महतोले भने, ‘अहिले त झन् तराईका जिल्लामा भूमिगत पानीको स्रोत नै सुक्न थालेको छ, उता अर्कोतिर पानी खेर गइरहेको छ ।’
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले कृषि व्यापारको क्षेत्रलाई अघि बढाउनका लागि राम्रो रणनीति बनाउन आवश्यक भएको बताए । उनले जबसम्म व्यापारयोग्य वस्तु तथा सेवा उपलब्ध हुँदैनन् तबसम्म व्यापार सहजीकरण प्रयासले खासै अर्थ नराख्ने बताए ।
कृषिजन्य वस्तु उत्पादन र उत्पादन मूल्य श्रृङ्खला बढाउने कार्य गर्दै कृषि उपजमा प्रतिस्पर्धी क्षमता विकास गर्नुपर्नेमा उनको जोड थियो ।
यसैगरी, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहराले कृषि क्षेत्रलाई इमान्दारिताका साथ अघि बढाउन सबै क्षेत्रको सहयोग रहनुपर्ने बताए । छिमेकी मुलुकबाट आयातमा भइरहेको सहजताका कारण मात्रै विभिन्न क्षेत्रले सुरक्षित महसुस गरेको उनको जिकिर थियो ।
कार्यक्रममा प्रदेश लगानी प्राधिकरण बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.सरोज कोइरालाले कृषिमा लगानी बढाउने गरी सरोकारवाला क्षेत्रहरुले काम गर्नुपर्ने सुझाए ।
उद्योग कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.लेखराज दाहालले व्यापार प्रवर्द्धन रणनीतिमा प्रस्तुत गरिएको विषयहरुलाई तथ्याङ्कको तथ्यगत विश्लेषणबाट यथार्थपरक बनाउनुपर्ने बताए । सहज परियोजनाका परामर्शदाता रामचन्द्र बस्ताकोटीले कोशी प्रदेशमा मूल्य श्रृङ्खलाका लागि बालीहरुको पहिचान गर्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा कोशी प्रदेशका सम्बन्धित मन्त्रालयका उच्च पदस्थ अधिकृत, कृषि व्यवसायीलगायत नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका कार्यसमितिका सदस्यहरुको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
‘नरसिंहाः अवतार’ का राज र सनिषाको प्रेम
-
‘तोक्मा एप’को प्रवर्द्धनमा अभिनेता राई
-
आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै
-
पर्यटकका रोजाइमा पर्दै भोजपुरको डाग्बुङ पदमार्ग
-
चुरेको अवैध उत्खननमा पालिका प्रमुख नै संलग्न, अख्तियारले थाल्यो छानबिन