कोशी प्रदेश : प्रदेशसभाको चौथो अधिवेशन आजदेखि

विराटनगर । अहिलेसम्म सरकार बनाउने र ढाल्ने प्रयत्नमै सीमित भएको कोशी प्रदेशसभाको चौथो अधिवेशन आजदेखि सुरु हुँदै छ। मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको प्रदेश सभाको अधिवेशन दिउँसो १ बजे सुरु हुनेछ ।
प्रदेश मन्त्रिपरिषद्को यही असोज ११ गते बसेको बैठकले प्रदेश प्रमुख परशुराम खापुङलाई प्रदेशसभा अधिवेशनका लागि सिफारिस गरेको थियो । २०७९ पुस १७ मा कोशी प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठक बसेको थियो । प्रदेशसभाको हालसम्म तीन वटा अधिवेशन सकिएको छ। यो अधिवेशनमा असोज २० भित्र मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ । भदौ २२ मा कार्की मुख्यमन्त्री नियुक्त भएका थिए ।
प्रदेशसभाको प्रथम अधिवेशनमा १३ वटा बैठक सम्पन्न भएको छ । दोस्रोमा ६ वटा, तेस्रोमा ५ वटा बैठक भएको छ। तेस्रोको अन्तिम तथा पाँचौँ बैठक अवरुद्ध भएको थियो । प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम सो बैठक आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरियामा चार दिनदेखि डढेलो, नियन्त्रणमा चुनौती
-
एकीकृत समाजवादीको झापा अध्यक्षमा भट्टराई
-
बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा
-
गर्मी बढेसँगै सर्पको बिगबिगी
-
१० बजे १० समाचार : ३७ संशोधन अस्वीकृत गर्दै सरकारको नीति तथा कार्यक्रम पारित, प्रचण्डले खोजे हर्क साम्पाङको साथ
-
नोरा फतेहीको नेपाल कार्यक्रम : दुर्गेशसँग स्टेज सेयरदेखि सम्पदा भ्रमणसम्म