मिलन थापाविरुद्ध भ्रष्टाचार मुद्दा चलेसँगै खत्रीलाई कार्यवाहक सदस्यसचिवको जिम्मेवारी
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषको कार्यवाहक सदस्य सचिवको जिम्मेवारी राजु कुमार खत्री (केसी)लाई दिइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोषका परिषद् सदस्य खत्रीलाई थप जिम्मेवारी दिएको हो ।
असोज १६ गते बसेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्रीस्तरीय बैठकले खत्रीलाई कार्यवाहक सदस्यसचिवको जिम्मेवारी तोकेको मन्त्रालयका एक अधिकारीले जानकारी दिए । निर्णयअनुसार मन्त्रालयका शाखा अधिकृत सन्देश मास्केद्वारा हस्ताक्षरित पत्र खत्रीलाई दिइसकिएको छ ।
हालका सदस्यसचिव डा मिलन कुमार थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनी स्वतः निलम्बनमा परेकाले मन्त्रालयले अर्को व्यवस्था नहुँदासम्म कार्यवाहक सदस्यसचिव तोकेको बताइएको छ ।
अख्तियारले असोज १४ गते पशुपतिको जलहरी प्रकरणमा थापासहित तत्कालीन सदस्य–सचिव डा प्रदीप ढकाल र अरुणकुमार श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको थियो ।
पशुपतिको गर्भगृहमा जलहरी लगाउने क्रममा उनीहरुले एक किलो चार सय ९१ ग्राम ७१८ मिलीग्राम सुन हिनामिना गरेको अख्तियारको निष्कर्ष छ । उनीहरुविरुद्ध अख्तियारले जनही एक करोड १७ लाख १७८१ रुपैयाँ बिगो मागदावी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण