अफिसमा थियो रक्सी पिउने प्रतियोगिता, साढे २ लाख इनाम पाउने आशामा छिटो पिए, भयो मृत्यु
आजकाल वर्क कल्चर निकै फेरिसकेको छ । यस्तोमा अफिसमा यस्ता विभिन्न प्रतियोगिता हुन्छन् जसले कर्मचारीका लागि काम गर्ने माहौल राम्रो बनाउँछ । कर्मचारीका लागि खेलकुद, क्रियाकलाप, गीत सङ्गीतको पनि व्यवस्था मिलाइन्छ । कर्मचारीलाई प्रेरित गर्न यसमा विभिन्न खालका इनाम पनि राखिन्छन् जुन पाउनका लागि मानिसले सक्दो प्रयास पनि गर्छन् ।
छिमेकी देश चीनमा पनि यस्तै घटना भएको छ । साउथ चाइना मर्निङ पोस्टका अनुसार चीनको गुआङ्डङ प्रान्तमा अवस्थित शेनजेन सहरमा एक कर्मचारीले अफिसको प्रतियोगिता जित्न आफ्नो ज्यानको बाजी नै लगाए । सुन्दा अचम्म लाग्ला प्रतियोगिता रक्सी पिउने थियो । जसले छिटो रक्सी पिउन सक्थ्यो, उसैले बाजी मार्थ्यो ।
छिटो रक्सी पिउने प्रतियोगिता
रिपोर्टका अनुसार यो घटना जुलाईको हो । एउटा कम्पनीले कर्मचारीका लागि एक डिनर कार्यक्रम आयोजना गरेको थियो । यसमा कम्पनीका बोसले रक्सी पिउने प्रतियोगिता राखे जसमा जित्नेले २० हजार युआन अर्थात् २ लाख ५९ हजार रुपैयाँ पाउँथे ।
जाङ थर भएका कर्मचारीले सबैभन्दा धेरै रक्सी पिएका थिए । याङ थर भएका बोसले पुनः अर्को प्रस्ताव राखे । जाङभन्दा बढी पिउनेलाई ५००० युआन थप दिने घोषणा बोसले गरिदिए । सुरुमा उनको प्रस्तावमा कसैले रुचि देखाएनन् तर बोसले १०,००० युआन थपिदिए पछि अरू कर्मचारी पनि ताते । साथै, जाङलाई कसैले हराउन सकेनन् भने उनले २ लाख ५९ हजार रुपैयाँ पाउने र उनले हारे भने एक लाख बढीको ट्रिट दिनुपर्ने सर्त पनि राखियो ।
कर्मचारीको पिउँदा पिउँदै मृत्यु भयो
त्यसपछि बोस आफैँले जाङसँग प्रतिस्पर्धाका लागि केही मानिस छाने । एक प्रतियोगीका अनुसार जाङले १० मिनेट भित्रै एक लिटर रक्सी पिए । पिउँदा पिउँदै उनी ढले । उनलाई तत्काल अस्पताल लगियो । त्यहाँ डाक्टरले उनलाई अल्कोहल पोइजनिङ भएको बताए । उनलाई अचानक निमोनिया, हृदयाघात र सफोकेसनको समस्या देखियो । उपचार सुरु गरियो तर ३ अगस्टमा उनको निधन भयो ।
रमाइलो गर्ने उद्देश्यले सुरु गरिएको प्रतियोगिताले कर्मचारीको ज्यान नै लिएपछि कम्पनी बन्द भयो । प्रहरीले उक्त घटनाको अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण