११ किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ, दावाको निर्देशनमा ल्याइँदै थियो सुन
काठमाडौँ । दोलखाबाट भएको ११ किलो सुन तस्करी प्रकरणमा प्रहरीले थप १ एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चीनको तिब्बत स्थायी ठेगाना भएका तासी दावा भनिने आगर लामा रहेका छन् । उनकै निर्देशनमा सुन तस्करी भएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
काठमाडौँको स्वयम्भू बस्दै आएका उनी बुधबार सोही स्थानबाट पक्राउ परेका हुन् । उनी सुन तस्करी गरेर ल्याउन निर्देशन दिने भूमिकामा रहेको बताएपनि सीआईबीले उनी नै सुन मालिक हुन् या अरु नै छन् भन्नेबारे भने थप खुलाएको छैन ।
दोलखाको सिंगटी र लामाबगरबाट बरामद गरिएको ११ किलो सुन भर्खरै खुलेको चीन–नेपाल नाका ‘फलेक बोर्डर’ बाट तस्करी भएको थियो ।
असोज ११ मा पहिलो पटक सिंगटीमा ४ किलो सुन भेटिएको थियो । त्यसपछि बिगु गाउँपालिका–३ स्थित सिंगटीबाट ३ किलो र तेस्रो पटक लामाबगरबाट ढुंगामुनि लुकाएर राखेको अवस्थामा थप ४ किलो सुन बरामद गरिएको थियो ।
तस्कर समूहले दोलखा र तिब्बत आउजाउ गर्ने ‘फलेक बोर्डर’ स्थित खोलाबाट तारेर सुन ल्याउने गरेको अनुसन्धानबाट थाहा भएको छ । चीनतर्फबाट डोरीले बाँधेर सुन खोलावारी फाल्ने र नेपाल तर्फका प्रतिनिधिले त्यहाँबाट काठमाडौँ पठाउने गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय दोलखाका डिएसपी दीपक खड्काले बताए ।
यो प्रकरणमा यसअघि पक्राउ पर्नेमा चीनको सिचुवान घर भएका गेङ रोउ, ६२ वर्षका सनत प्रधान, लाल बहादुर तामाङ, दोलखा घर भएका राज तामाङ, केशर तामाङ, माधव मगर, पेम्बा तामाङ, नुर्बु छिरिङ शेर्पा, सुनमाला तामाङ र चसमान तामाङ उर्फ च्याङ्बा छन् ।
दोलखा हुँदै सुन काठमाडौँ ल्याउने तस्करहरूको योजना रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण