शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

जुम्लामा स्याउ ग्रेडिङ मेशिन सञ्चालनमा

बुधबार, १७ असोज २०८०, १४ : ५७
बुधबार, १७ असोज २०८०

जुम्ला । यहाँ पहिलो पटक स्याउ प्रशोधन तथा स्याउ ग्रेडिङ मेशिन सञ्चालनमा आएपछि स्याउ किसानलाई राहत पुग्ने भएको छ । गुठिचौर गाउँपालिका–५ स्थित गुठिचौर एग्रो फार्म प्रालिले ग्रेडिङ मेशिन ल्याएर स्याउको प्रशोधन कामको थालनी गरेको छ ।

स्याउको गुणस्तरमा यहाँका किसानले खासै चासो देखिएको पाइँदैन । स्याउको प्रशोधन, प्याकेजिङ र लेबलिङ लगायतका विषयमा ख्याल नगर्दा बजारमा कम गुणस्तरको स्याउ गइरहेको छ । अब उक्त मेशिनले स्याउको ग्रेडिङ गरेर जुम्ली स्याउको गुणस्तरियता र उच्च गरिमा बढ्ने पूर्वस्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बताए ।

गुठिचौर एग्रो फार्मले उच्च घनत्वको स्याउ ३८ हजार बिरुवा रोपेको छ । यस वर्ष दुई लाखभन्दा बढी किलो स्याउ उत्पादन हुने अनुमान गरिएको एग्रो फार्म प्रालिका सञ्चालक मीनबहादुर भण्डारीले बताए । ग्रेडिङ मेशिनले सुपर, ग्रेड ‘ए’, ‘बी’ र ‘सी’ आकारमा ग्रेडिङ गर्नेछ । 

ग्रेडिङ मेशिनले गुठिचौर एग्रो फार्म प्रालिको बगैँचाको स्याउ मात्रै ग्रेडिङ नगरी जिल्लाका आसपासका किसानहरुको समेत स्याउ ग्रेडिङ गरिने एग्रो फार्म प्रालिका सञ्चालक भण्डारीको भनाइ छ । जिल्लामा कूल चार हजार दुई सय ५० हेक्टरमा स्याउको खेती हुने गरेको कृषि विकास कार्यालयले जनाएको छ । यसअघि जिल्लामा ग्रेडिङ मेशिन नहुँदा स्याउको ग्रेडिङ हुन सकेको थिएन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप