बागमती प्रदेशसभा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित
मकवानपुर । बागमती प्रदेशसभा बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ ।
बुधबार अपराह्न ४ बजे बसेको प्रदेशसभा बैठकमा सभामुख भुवनकुमार पाठकले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेका हुन् । पटकपटक अवरुद्ध बन्दै आएको प्रदेशसभा बैठक बुधबार भने सञ्चालनमा भएको थियो ।
प्रदेशसभाको बैठकमा एउटा विवादित विधेयक पेश गर्ने तयारी भएपछि सोमबारदेखि सदन चल्न सकेको थिएन । सोमबार बसेको बैठकमा सरकारका तर्फबाट प्रदेश प्रमुख कार्यालयबाट पुनः विचारका लागि फिर्ता भएको विवादित चिठ्ठा विधेयक सदनमा पेश गर्ने तयारी भएको थियो । सो विधेयक पेश गर्ने तयारी भएसँगै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुले विरोध जनाउँदै बैठक सञ्चालनमा अवरोध गरेका थिए ।
एमालेको अवरोधका कारण सोमबार र मंगलबार बैठक संचालन हुन सकेन भने बुधबार प्रदेशसभा सचिवालयले चिठ्ठा विधेयक कार्यसूचीबाट हटाएसँगै बैठक संचालन भएको थियो । बुधबारको बैठकमा गत असोज १४ गते सदनमा पेश भएको सरकारी कामकाजी भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक समितिमा पठाउने प्रस्ताव स्वीकृत गरिएको छ ।
उक्त बैठकमा प्रदेश सरकारी कामकाजी भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक लाई दफावार छलफलमा लागि समितिमा पठाउने प्रस्ताव सर्वसम्मतीले स्वीकृत गरिएको छ । सदनमा संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले पेश गरेको सो विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाउने प्रस्तावलाई सभामुख पाठकले निर्णयार्थ पेश गरेका थिए । उनले निर्णयार्थ पेश गरेको उक्त प्रस्तावलाई उद्योग पर्यटन तथा वातावरण समितिमा दवावार छलफलका लागि सर्वसम्मत रुपमा स्वीकृत गरेको हो । सो विद्येयकमाथि उद्योग पर्यटन तथा वातावरण समितिमा छलफल तथा संशोधनसहित पारित गरी प्रतिवेदन सहित पुनः सदनमा पेश गरिने छ ।
५ मिनेट बसेर बुधबारको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको हो । प्रदेशसभामा विजनेश नभएकाले संसद् बैठक स्थगित गर्नुपरेको प्रदेशसभा सचिवालयले जनाएको छ । गत असोज १४ गतेदेखि संचालन भएको प्रदेशसभामा शुन्य समय, मुख्यमन्त्रीसंगको प्रश्न उत्तर र एउटा विधेयक माथि सैद्धान्तिक छलफलसहित समितिमा पठाउने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरीको घटना छानबिन गर्न सहसचिवको नेतृत्वमा समिति गठन गर्ने निर्णय
-
प्रदेशलाई केन्द्रको पपेट बनाइयो, हामी त वडाध्यक्षभन्दा पनि निरीह भयौँ : जीवनबहादुर शाही
-
नागढुंगा सुरुङमार्ग उद्घाटनपछि गाडी चलाउँदै मन्त्री लम्साल (तस्बिरहरू)
-
पहिलो विदेशी अतिथिका रूपमा बेलायतका प्रधानमन्त्री बर्नहमले जेलेन्स्कीलाई स्वागत गर्ने
-
न्युयोर्कका मेयर मामदानीले घृणा फैलाउने प्रयास गरेको नेतान्याहुको आरोप
-
अमेरिकी बमबारी रोकिएसम्म इरानले पनि आक्रमण नगर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण