राष्ट्रिय सुरक्षा परिषद्को पाँचौँ वार्षिक प्रतिवेदन स्वीकृत
काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद्को पाँचौँ वार्षिक प्रतिवेदन स्वीकृत गरिएको छ । बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले पाँचौँ वार्षिक प्रतिवेदन स्वीकृत गरी राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गर्ने निर्णय गरेको हो ।
बैठकमा देशका केही स्थानहरुमा धार्मिक, साम्प्रदायिक असहिष्णुता बढाउने प्रकृतिका गतिविधि भइरहेको भन्दै न्यूनीकरणका लागि अनपनाउनुपर्ने भावी रणनीतिसम्बन्धी विषयमा छलफल भएको छ ।
राष्ट्रिय सुरक्षा परिषद्ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'पछिल्ला केही दिनहरुमा देशका केही स्थानहरुमा धार्मिक, साम्प्रदायिक असहिष्णुता बढाउने प्रकृति भएका गतिविधिहरु, विभिन्न प्रदेशहरुको सुरक्षा स्थिति, बढ्दो सामाजिक सञ्जालको दुरुपयोग लगायतका राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषय र घटनाहरु तथा त्यसको समाधान र न्यूनीकरणका लागि अपनाउनु पर्ने भावी रणनीति सम्बन्धी विषयमा समेत छलफल भयो ।'
बैठकमा वर्तमान अन्तर्राष्ट्रिय क्षेत्रीय र राष्ट्रिय सुरक्षा वातावरण सम्बन्धी समीक्षा भएको परिषद्ले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री, अर्थमन्त्री, परराष्ट्रमन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार, मुख्य सचिव, प्रधान सेनापति र रक्षा सचिवको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण