खुल्यो माथिल्लो मैलुङ खोलाको आईपीओ
काठमाडौं । आजदेखि माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको साधारण सेयर (आईपीओ) बिक्री खुलेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुलाएको हो । यसअघि वैदेशिक रोजगारीमा गएका र स्थानीयका लागि सेयर बाँडफाँड भइसकेको छ ।
सर्वसाधारणका लागि जारी पूँजी १ अर्ब रुपैयाँको १५ प्रतिशतले हुन आउने १५ लाख कित्ता सेयर बिक्री गर्दैछ । कम्पनीले १०० रुपैयाँ अंकित १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता सेयर सर्वसाधारणमा क्रिी गर्न लागेको हो ।
यसमध्ये १० प्रतिशतले हुन आउने १ लाख ५० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा गएकालाई बिक्री गरिसकेको छ । यस्तै, सामूहिक लगानी कोषका लागि ७५ हजार कित्ता छुट्याइएको छ भने स्थानीयलाई बिक्री गरेर बाँकी रहेको ९ हजार २०० कित्ता सेयर समेत थपेर सर्वसाधारणमा बिक्री गर्न लागेको हो ।
आजदेखि कूल १२ लाख ८४ हजार २०० कित्ता सेयर बिक्री खुलाएको कम्पनीले १४.३ मेगावाट क्षमताको जलविद्युत परियोजना सञ्चालन गरिरहेको छ । यसको लागत २ अर्ब ५० करोड रहेको छ भने लगानीकर्ताको लगानी फिर्ता हुने अवधि ७.१० वर्ष रहेको छ ।
कम्पनीको प्रतिसेयर नेटवर्थ ९५.८८ प्रतिशत छ भने प्रतिसेयर आम्दानी ०.४९ रुपैयाँ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण