सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

खुल्यो माथिल्लो मैलुङ खोलाको आईपीओ

बिहीबार, १८ असोज २०८०, ११ : ११
बिहीबार, १८ असोज २०८०

काठमाडौं । आजदेखि माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको साधारण सेयर (आईपीओ) बिक्री खुलेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुलाएको हो । यसअघि वैदेशिक रोजगारीमा गएका र स्थानीयका लागि सेयर बाँडफाँड भइसकेको छ ।

सर्वसाधारणका लागि जारी पूँजी १ अर्ब रुपैयाँको १५ प्रतिशतले हुन आउने १५ लाख कित्ता सेयर बिक्री गर्दैछ । कम्पनीले १०० रुपैयाँ अंकित १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता सेयर सर्वसाधारणमा क्रिी गर्न लागेको हो ।

यसमध्ये १० प्रतिशतले हुन आउने १ लाख ५० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा गएकालाई बिक्री गरिसकेको छ । यस्तै, सामूहिक लगानी कोषका लागि ७५ हजार कित्ता छुट्याइएको छ भने स्थानीयलाई बिक्री गरेर बाँकी रहेको ९ हजार २०० कित्ता सेयर समेत थपेर सर्वसाधारणमा बिक्री गर्न लागेको हो ।

आजदेखि कूल १२ लाख ८४ हजार २०० कित्ता सेयर बिक्री खुलाएको कम्पनीले १४.३ मेगावाट क्षमताको जलविद्युत परियोजना सञ्चालन गरिरहेको छ । यसको लागत २ अर्ब ५० करोड रहेको छ भने लगानीकर्ताको लगानी फिर्ता हुने अवधि ७.१० वर्ष रहेको छ ।

कम्पनीको प्रतिसेयर नेटवर्थ ९५.८८ प्रतिशत छ भने प्रतिसेयर आम्दानी ०.४९ रुपैयाँ छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप