रोहतो मेन्थोलेटम नेपालद्वारा ललितपुरमा आँखा शिविर सम्पन्न
काठमाडौँ । रोहतो मेन्थोलेटम नेपालले राजधानीमा नि:शुल्क आँखा जाँच शिविर कार्यक्रम सञ्चालन गरेको छ। कार्यक्रमको मुख्य उद्देश्य स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकहरुमा आँखाको स्वास्थ्य प्रवर्द्धन गर्नका साथै आँखा हेरचाहका लागि आवश्यक सामग्रीहरू उपलब्ध गराउनु भएको कम्पनीले जनाएको छ ।
ललितपुरमा आयोजित एकदिने निःशुल्क आँखा जाँच शिविरमा त्यस क्षेत्रको समुदायका ३५० भन्दा बढी व्यक्तिले लाभ उठाएका थिए । उक्त शिविरमा सबै उमेरका व्यक्तिहरूलाई अनुभवी नेत्ररोग विशेषज्ञद्वारा नि:शुल्क आँखा परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको थियो। साथै रोहतोले नि:शुल्क आँखा जाँचका लागि आएकाहरूमध्ये बाट १५ जनालाई नि:शुल्क मोतियाबिन्दुको शल्यक्रिया पनि प्रदान गरिएको जनाइएको छ । जसलाई रोहतोको सहायक कम्पनीले उत्पादन गरेको इन्ट्रा ओकुलर लेन्स (आईओएल) प्रत्यारोपण गरिनुका साथै धेरै बिरामीलाई चश्मा तथा अन्य आवश्यक औषधिहरूपनि उपलब्ध गराइएको जनाइएको छ ।
उक्त शिविर लायन्स क्लब इन्टरनेशनल, जिल्ला ३२५ एच, नेपालको व्यवस्थापकीय सहयोग तथा बि.पि. आँखा फाउन्डेशन (चियर्स अस्पताल) को प्राविधिक सहयोगमा आयोजना गरिएको थियो भने जावलाखेल हस्तकला केन्द्र, एकान्तकुनाबाट स्थल प्राप्त भएको थियो ।
रोहतो फार्मास्युटिकल जापानिज रोहतो मेन्थोलाटम नेपालको मूल कम्पनी हो । उक्त कम्पनी विश्वको नम्बर एक आइड्रप उत्पादन गर्ने कम्पनीको रुपमा परिचित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण