खुला विश्वविद्यालयबाट एलएलबी गरेकालाई अधिवक्ता परीक्षामा सामेल गराउन सांसद शर्माको माग
काठमाडौँ । माओवादी केन्द्रकी सांसद नारायणी शर्माले खुला विश्वविद्यालयबाट कानुनमा स्नातक तह उत्तीर्ण गरेकाहरूलाई नेपाल बार काउन्सिलले लिने अधिवक्ताको परीक्षामा सामेल गर्न माग गरेकी छिन् । बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले खुला विश्वविद्यालयमा झन्डै ५ सय विद्यार्थीहरूले कानुन सङ्कायमा रहेको तर ती विद्यार्थीहरूलाई नेपाल कानुन व्यवसायी परिषद्ले अधिवक्ताको परीक्षामा सामेल हुन नदिएको उनले बताइन् ।
सांसद शर्माले भनिन, ‘ खुला विश्वविद्यालय संसारका विकसित शिक्षण विधिका विविध आयामलाई ध्यान दिँदै कमाउँदै पढ्ने विभिन्न पेसा, व्यवसायमा रहेका व्यक्तिहरूका लागि उपयुक्त पद्धति हो । जस अन्तर्गत कतिपय हाम्रा माननीय सदस्यहरू पनि यसरी उच्चशिक्षा अध्ययन गरिरहनुभएको छ । झन्डै ५ सय विद्यार्थीहरू कानुन सङ्कायमा छन् तर ती विद्यार्थीहरूलाई नेपाल कानुन व्यवसायी परिषद्ले अधिवक्ताको परीक्षामा सामेल हुन दिएको छैन । सरकारी विश्वविद्यालयको प्रमाणपत्रलाई मान्यता नदिने गरी अवैधानिक निर्णय गर्ने बार काउन्सिलका कारण विद्यार्थीहरू निराश भएका छन् भने नेपाल सरकारलाई नै चुनौती दिने काम भएको छ ।’
उनले यस्ता कार्यको छानबिन गर्नुको साथै अब हुने अधिवक्ता परीक्षामा विद्यार्थीहरूलाई विना सर्त सामेल गराउन नेपाल सरकार र सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण