एमाले गण्डकी प्रदेशको नेतृत्व छान्न मतदान जारी
कास्की । नयाँ नेतृत्व चयनका लागि नेकपा एमाले गण्डकी प्रदेश अधिवेशनमा मतदान जारी छ । सोमबार सुरु भएको अधिवेशन नेतृत्वमा सहमति जुटाउने बहानामा लम्ब्याइएको थियो । बिहीबार बिहानसम्म पनि सहमति नजुटेपछि अपराह्नबाट मतदान सुरु भएको हो ।
पोखरा सभागृहमा जारी अधिवेशनले पाँच पदाधिकारीसहित १ सय ६२ सदस्यीय नयाँ नेतृत्व निर्वाचित गर्नेछ । अधिवेशनमा गण्डकीका ११ जिल्लाबाट ९ सय ७ प्रतिनिधिले मतदान गर्दैैछन् । गण्डकी एमालेमा दुई समूह चुनावी प्रतिस्पर्धामा छन् ।
प्रदेश अध्यक्षका लागि नवराज शर्मा र मायानाथ अधिकारीबीच प्रतिस्पर्धा हुँदैछ । शर्माको प्यानलबाट उपाध्यक्षमा मीनप्रसाद गुरुङ, सचिवमा धनञ्जय दवाडी, तथा उपसचिवमा क्रमशः मञ्जु अधिकारी र दामबहादुर विकले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी अधिकारीको प्यानलबाट उपाध्यक्षमा बाबुराम विक, सचिवमा रश्मि आचार्य तथा उपसचिवमा सन्तोष रावल र मिना गुरुङले उम्मेदवारी दर्ता गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण