एमाले गण्डकी प्रदेशको नेतृत्व छान्न मतदान जारी

कास्की । नयाँ नेतृत्व चयनका लागि नेकपा एमाले गण्डकी प्रदेश अधिवेशनमा मतदान जारी छ । सोमबार सुरु भएको अधिवेशन नेतृत्वमा सहमति जुटाउने बहानामा लम्ब्याइएको थियो । बिहीबार बिहानसम्म पनि सहमति नजुटेपछि अपराह्नबाट मतदान सुरु भएको हो ।
पोखरा सभागृहमा जारी अधिवेशनले पाँच पदाधिकारीसहित १ सय ६२ सदस्यीय नयाँ नेतृत्व निर्वाचित गर्नेछ । अधिवेशनमा गण्डकीका ११ जिल्लाबाट ९ सय ७ प्रतिनिधिले मतदान गर्दैैछन् । गण्डकी एमालेमा दुई समूह चुनावी प्रतिस्पर्धामा छन् ।
प्रदेश अध्यक्षका लागि नवराज शर्मा र मायानाथ अधिकारीबीच प्रतिस्पर्धा हुँदैछ । शर्माको प्यानलबाट उपाध्यक्षमा मीनप्रसाद गुरुङ, सचिवमा धनञ्जय दवाडी, तथा उपसचिवमा क्रमशः मञ्जु अधिकारी र दामबहादुर विकले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी अधिकारीको प्यानलबाट उपाध्यक्षमा बाबुराम विक, सचिवमा रश्मि आचार्य तथा उपसचिवमा सन्तोष रावल र मिना गुरुङले उम्मेदवारी दर्ता गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तिम फैसला नआएसम्म आधिकारिक एनआरएनए हामी नै हौँ : महेश श्रेष्ठ
-
किशोरीद्वारा युवकमाथि चक्कु प्रहार, भाग्न खोज्दा लडेर घाइते
-
’स्टुडेन्ट इन्गेजमेन्ट टुर २०२५’ मा अन्तर्राष्ट्रिय अध्ययनबारे जानकारी प्रदान
-
हेटौँडाकी मेयरको कार : सरकारी सवारीमा निजी नम्बर प्लेट
-
बागमती सहित यी पाँच प्रदेशमा वर्षा
-
बुटवलको नीति तथा कार्यक्रम : सीप तथा रोजगारमा विशेष जोड