सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ल्हारक्याल लामाको नियुक्तिबारे समितिमा प्रश्न

बिहीबार, १८ असोज २०८०, १४ : ५१
बिहीबार, १८ असोज २०८०

काठमाडौँ । पर्यटन मन्त्री सुदन किरातीले लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्याल लामालाई नियुक्ति गर्न आफ्नो पार्टीको केन्द्रिय सदस्य भएकाले सहज भएको बताएका छन् । 

बिहीबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सांसदले यसबारे प्रश्न उठाएपछि  किरातीले यस्तो बताएका हुन् । 

उनले लामा नेकपा (माओवादी केन्द्र) का सदस्य भएको र गुम्बा विकास समितिको अध्यक्ष भइसकेको साथै एमाले र माओवादी पार्टीबाट पनि पटक पटक मन्त्री र सांसद भइसकेकाले पनि योग्य व्यक्ति भएको दाबी गरे । उनले २०४२ को दफा ८ को ख बमोजिम नियुक्ति गरेको बताए । 

‘लुम्बिनी विकास कोषको उपाध्यक्षको नियुक्तिको सन्दर्भमा उहाँलाई २०४२ को दफा ८ को ख बमोजिम नियुक्ति गरेका छौँ । उहाँ कसको प्रभावले भन्दा पनि बिना कसैको प्रभाव दबाब बिना खुसीले नियुक्ति गरेको हुँ’, उनको भनाइ थियो, ‘गिरिजाबाबुको पालामा उहाँ गुम्बा विकास समितिको अध्यक्ष भइसकेको मान्छे, एमालेको पालामा आएर संविधान सभाको सदस्य, पूर्वअर्थराज्यमन्त्री भइसकेको, माओवादीतिर आइसकेपछि पनि पटकपटक सांसद, भइसकेको मान्छे उहाँलाई लागेको आरोप राज्यका सबै अंगले प्रमाणित नगरेको र लागेको आरोप पुष्टि नभइसकेपछि मान्छे अभियुक्त हुँदैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप