समाचार
जहाज फिर्ता आएको घटनामा वायुसेवा निगमका दुई म्यानेजरलाई ड्यूटी अफ
बिहीबार, १८ असोज २०८०, २० : ०९
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा निगमका दुई म्यानेजरलाई ड्यूटी अफ गरेको छ । काठमाडौँबाट साउदी अरबको दमामका लागि उडेको नेपाल एअरलाइन्सको जहाज बीच बाटोबाटै फर्किएको घटनामा प्राधिकरणले बिहीबार निगमका दुई म्यानेजरलाई ड्यूटी अफ गरेको हो ।
बुधबार राति सवा ११ बजे काठमाडौँबाट साउदीको दमाम जान उडेको नेपाल एयरलाइन्सको आरए २४१ जहाज पाकिस्तानको कराँचीबाट पुनः नेपाल फिर्ता भएको थियो ।
नाइनएन–एकेएक्स जहाजको मर्मतमा संलग्न ड्यूटी मेन्टिनेन्स म्यानेजर र निगमको कन्टिनियुङ एयरवर्दिनेस (सीए) म्यानेजरलाई कारबाही गरेको जनाइएको छ ।
अर्को निर्णय नगरेसम्म कारवाही हुने प्राधिकरणले जनाएको छ । नेपाल वायुसेवा निगमले २०८० भाद्र २० गतेदेखि काठमाडौँबाट साउदी अरेवियाको दमाममा नियमित सिधा उडान सुरु गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण