बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

जहाज फिर्ता आएको घटनामा वायुसेवा निगमका दुई म्यानेजरलाई ड्यूटी अफ

बिहीबार, १८ असोज २०८०, २० : ०९
बिहीबार, १८ असोज २०८०

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा निगमका दुई म्यानेजरलाई ड्यूटी अफ गरेको छ । काठमाडौँबाट साउदी अरबको दमामका लागि उडेको नेपाल एअरलाइन्सको जहाज बीच बाटोबाटै फर्किएको घटनामा प्राधिकरणले बिहीबार निगमका दुई म्यानेजरलाई ड्यूटी अफ गरेको हो ।

बुधबार राति सवा ११ बजे काठमाडौँबाट साउदीको दमाम जान उडेको नेपाल एयरलाइन्सको आरए २४१ जहाज पाकिस्तानको कराँचीबाट पुनः नेपाल फिर्ता भएको थियो । 

नाइनएन–एकेएक्स जहाजको मर्मतमा संलग्न ड्यूटी मेन्टिनेन्स म्यानेजर र निगमको कन्टिनियुङ एयरवर्दिनेस (सीए) म्यानेजरलाई कारबाही गरेको जनाइएको छ । 

अर्को निर्णय नगरेसम्म कारवाही हुने प्राधिकरणले जनाएको छ । नेपाल वायुसेवा निगमले २०८० भाद्र २० गतेदेखि काठमाडौँबाट साउदी अरेवियाको दमाममा नियमित सिधा उडान सुरु गरेको थियो ।

n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप