सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँबाट साउदी अरबको दमाम उडेको नेपाल एयरलाइन्सको जहाज बीच बाटोबाटै फर्कियो

बिहीबार, १८ असोज २०८०, ०८ : १९
बिहीबार, १८ असोज २०८०

काठमाडौं । काठमाडौँबाट साउदी अरबको दमामका लागि उडेको नेपाल एअरलाइन्सको जहाज बीच बाटोबाटै फर्किएको छ । 

बुधबार राति सवा ११ बजे काठमाडौँबाट पाकिस्तानको कराँची पुगेको विमान फर्किएर पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार जहाज आसपास केही खतरा भए त्यसको सङ्केत दिने प्रविधि 'टिकास'मा खराबी भएपछि विमान फर्किएको हो ।

नेपाल वायुसेवा निगमले २०८० भाद्र २० गतेदेखि काठमाडौँबाट साउदी अरेवियाको दमाममा नियमित सिधा उडान सुरु गरेको थियो । काठमाडौँ–दमाम–काठमाडौँ सेक्टरमा निगमले हप्ताको दुई दिन बुधबार र शनिवार उडान गर्ने गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप