बारामा आम जनता पार्टीले भन्सार नियमावली जलायो
बिहीबार, १८ असोज २०८०, २२ : ०४

बारा । प्रभु शाह नेतृत्वको आम जनता पार्टी (आजपा) ले बिहीबार बारामा भन्सार नियमावली जलाएको छ । भन्सार नियमावली संशोधनको माग सहित आन्दोलन घोषणा गरेको आजपाले बिहीबार संघर्षको कार्यक्रम अनुसार भन्सार नियमावली जलाएको हो ।
आम जनता पार्टीका प्रदेश अध्यक्ष उमेश कुशवहा र जिल्ला इन्चार्ज अशोक लामाको नेतृत्वमा भलुही चौकमा नियमावलीमा रहेको ४५ प्रतिशत पुरस्कारको प्रावधानलाई जलाइको बताइएको छ ।
तराई–मधेशमा सरकारले लुटकारी राजस्व नीति लिएको भन्दै आजपाले विरुद्ध निरन्तर आजपाले संघर्ष गरिरहेको छ । भोली १९ गते जिल्ला भन्सार कार्यालयहरु घेराउ गर्ने कार्यक्रम रहेको आजपाले जनाएको छ ।
आजपाले समसापेक्ष भन्सार नियमावली संशोधनको माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नोरा फतेहीले तताइन् हायात ग्राउन्ड, तस्बिरमा हेर्नुहोस्
-
वन्डरल्यान्ड वाटरपार्कमा तोडफोड
-
पछिल्लो २४ घण्टामा विपद् : चारको मृत्यु, अट्ठाइस घाइते
-
रोटरी ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट पत्रकार कोइराला पुरस्कृत
-
दुई मन्त्रीको गुटबन्दीको घेरामा लमजुङ तरुण दल, अधिवेशन बन्यो रणमैदान
-
क्होंलासोंथरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रक्रिया थाल्ने निर्णय