बारामा आम जनता पार्टीले भन्सार नियमावली जलायो
बिहीबार, १८ असोज २०८०, २२ : ०४
बारा । प्रभु शाह नेतृत्वको आम जनता पार्टी (आजपा) ले बिहीबार बारामा भन्सार नियमावली जलाएको छ । भन्सार नियमावली संशोधनको माग सहित आन्दोलन घोषणा गरेको आजपाले बिहीबार संघर्षको कार्यक्रम अनुसार भन्सार नियमावली जलाएको हो ।
आम जनता पार्टीका प्रदेश अध्यक्ष उमेश कुशवहा र जिल्ला इन्चार्ज अशोक लामाको नेतृत्वमा भलुही चौकमा नियमावलीमा रहेको ४५ प्रतिशत पुरस्कारको प्रावधानलाई जलाइको बताइएको छ ।
तराई–मधेशमा सरकारले लुटकारी राजस्व नीति लिएको भन्दै आजपाले विरुद्ध निरन्तर आजपाले संघर्ष गरिरहेको छ । भोली १९ गते जिल्ला भन्सार कार्यालयहरु घेराउ गर्ने कार्यक्रम रहेको आजपाले जनाएको छ ।
आजपाले समसापेक्ष भन्सार नियमावली संशोधनको माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण