‘सम्पर्क सञ्जाल विस्तारमा ट्रान्स हिमालयन फोरम महत्त्वपूर्ण मञ्च हो’
काठमाडौँ । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले सम्पर्क सञ्जाल अभिवृद्धि तथा साझेदारी विकास गर्न ट्रान्स हिमालयन फोरम महत्त्वपूर्ण मञ्च भएको बताएकी छन् । चीनको स्वशासित क्षेत्र तिब्बत लिन्झीमा आयोजित चीन सीझ्याङ ट्रान्स हिमालयन फोरमलाई आज सम्बोधन गर्दै उनले बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) मात्र नभई ट्रान्स हिमालय क्षेत्रमा व्यापार, पारवहन तथा लगानी प्रवर्द्धन गर्ने बताइन् ।
बिआरआईको कार्यान्वयनबाट नेपाल र चीन तथा दक्षिण, दक्षिणपूर्वी, मध्य एसियाबीच ‘कनेक्टिभिटी’ विस्तार हुने जनाउँदै उपाध्यक्ष अर्यालले ऐतिहासिक कालदेखि नै नेपाल र चीनबीच सम्बन्ध रहेको तथा दुवै मुलुक नजिकको मित्र र विश्वासिलो साझेदार भएको उल्लेख गरे ।
नेपाल सदैव एक चीन नीतिप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरे । उनले दुवै मुलुकका तर्फबाट भएका उच्चस्तरीय भ्रमणले द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ तुल्याएको बताए ।
उपाध्यक्ष अर्यालले चीनका राष्ट्रपति सी चीनफिङले सन् २०१९ मा नेपालको भ्रमण गरेको तथा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले सोही वर्ष गर्नुभएको चीन भ्रमणको स्मरण गर्दै यसै वर्ष राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सीझ्याङ स्वायत्त क्षेत्रका साथै हालै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्नुभएको चीन भ्रमणबाट आपसी समझदारी र विश्वास वृद्धि भएको विचार व्यक्त गरिन् ।
नेपालको सामाजिक–आर्थिक विकासमा चीनले पुर्याएको सहयोगको सरहाना गर्दै उपाध्यक्ष अर्यालले कोरोना महामारीका बेला चीनले गरेको सहयोगका लागि धन्यवाद व्यक्त गरे । उनले सन् २०२६ मा विकासशील मुलुकमा स्तरोन्नति हुने नेपालको आकांक्षा साकार पार्न चीनले निरन्तर सहयोग गर्नेमा आफू आशावादी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण