महाराजगन्ज घटना : गोली लागेर घाइते भएकी असई पत्नी शर्मिलाको मृत्यु
काठमाडौँ । काठमाडौँको महाराजगन्जमा गोली लागेर घाइते भएकी शर्मिला चौधरीको उपचारको क्रममा मृत्यु भएको छ । उनी नेपाल प्रहरीका असई लक्ष्मण चौधरीकी पत्नी हुन् ।
१० असोजमा उनी गोली लागेको अवस्थामा भेटिएकी थिइन् । महानगरपालिका–४ पञ्चकन्या स्थित डेरामा घाइते अवस्थामा भेटिएकी उनलाई उपचारका लागी त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले रातोपाटीलाई बताए ।
शर्मिला चौधरीले आफैँलाई गोली हानेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । प्रहरी सहायक निरीक्षक चौधरीले बोक्ने पेस्तोलबाट दुई राउन्ड फायर भएको अनुसन्धानबाट थाहा भएको छ । शर्मिलाको कोखामा १ राउन्ड गोली लागेको थियो ।
लक्ष्मण चौधरी पूर्व आईजीपी ध्रुव बहादुर प्रधानको व्यक्तिगत सुरक्षा अधिकृत (पिएसओ) हुन् । लक्ष्मण र शर्मिलाको बीचमा मनमुटाब हुने गरेको अनुसन्धानमा संलग्न अधिकारीहरू बताउँछन् । ‘विवाद’ कै कारण शर्मिलाले आफैँलाई गोली प्रहार गरेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण