सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
संसद बैठक

राजेन्द्र लिङ्देनको प्रश्न : राजा ज्ञानेन्द्रको कुन गतिविधिले लोकतन्त्र खतरामा पर्‍यो ?

शुक्रबार, १९ असोज २०८०, २३ : ०१
शुक्रबार, १९ असोज २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता राजेन्द्र लिङदेनले राजावादी र राजा ज्ञानेन्द्रको कुन गतिविधिका कारण लोकतन्त्र खतरामा पर्यो भन्दै प्रश्न गरेका छन् । शुक्रवार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै नेता लिङ्देनले  साे प्रश्न गरेका हुन् ।

उनले जघन्य हत्याका आरोपीहरूलाई जेलबाट छोड्ने, बालुवाटारको व्यक्तिको जग्गा व्यक्तिको नाममा बनाउने, नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने, क्विन्टलका क्विन्टल सुन तस्करी गरेर ल्याउने कामचाहिँ लोकतान्त्रिक हो ? भन्दै प्रश्न समेत गरे । 

उनले भने– ‘राजावादीहरु धार्मिक सदभाव बिथोल्न लागेका छन्, त्यसलाई निगरानी गर्नुपर्यो, राजा ज्ञानेन्द्र पनि लोकतन्त्र विरोधी गतिविधिमा संलग्न भएका छन्, त्यसमा ध्यान दिनुपर्यो भनेर अनुरोध गरे । कुन त्यस्तो गतिविधि रहेछ राजावादीहरूको जसले धार्मिक सहिष्णुता बिथोल्न लागेको छ । राजा ज्ञानेन्द्रको कुन त्यस्तो गतिविधि रहेछ जसले लोकतन्त्रलाई अवरुद्ध गरिराखेको छ र लोकतन्त्र विरोधी भएको छ त्यसको म जानकारी लिन चाहन्छु । त्यसको बारेमा प्रस्ट पार्न वक्ता साथीहरूलाई आग्रह गर्न चाहन्छु ।’

जघन्य हत्यारालाई छोड्ने, बालुवाटारको व्यक्तिको जग्गा व्यक्तिको नाममा बनाउने, नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने र सुन तस्करी गर्ने काम लोकतान्त्रिक गतिविधि हो भनेर प्रश्न गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप