राजेन्द्र लिङ्देनको प्रश्न : राजा ज्ञानेन्द्रको कुन गतिविधिले लोकतन्त्र खतरामा पर्यो ?
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता राजेन्द्र लिङदेनले राजावादी र राजा ज्ञानेन्द्रको कुन गतिविधिका कारण लोकतन्त्र खतरामा पर्यो भन्दै प्रश्न गरेका छन् । शुक्रवार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै नेता लिङ्देनले साे प्रश्न गरेका हुन् ।
उनले जघन्य हत्याका आरोपीहरूलाई जेलबाट छोड्ने, बालुवाटारको व्यक्तिको जग्गा व्यक्तिको नाममा बनाउने, नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने, क्विन्टलका क्विन्टल सुन तस्करी गरेर ल्याउने कामचाहिँ लोकतान्त्रिक हो ? भन्दै प्रश्न समेत गरे ।
उनले भने– ‘राजावादीहरु धार्मिक सदभाव बिथोल्न लागेका छन्, त्यसलाई निगरानी गर्नुपर्यो, राजा ज्ञानेन्द्र पनि लोकतन्त्र विरोधी गतिविधिमा संलग्न भएका छन्, त्यसमा ध्यान दिनुपर्यो भनेर अनुरोध गरे । कुन त्यस्तो गतिविधि रहेछ राजावादीहरूको जसले धार्मिक सहिष्णुता बिथोल्न लागेको छ । राजा ज्ञानेन्द्रको कुन त्यस्तो गतिविधि रहेछ जसले लोकतन्त्रलाई अवरुद्ध गरिराखेको छ र लोकतन्त्र विरोधी भएको छ त्यसको म जानकारी लिन चाहन्छु । त्यसको बारेमा प्रस्ट पार्न वक्ता साथीहरूलाई आग्रह गर्न चाहन्छु ।’
जघन्य हत्यारालाई छोड्ने, बालुवाटारको व्यक्तिको जग्गा व्यक्तिको नाममा बनाउने, नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने र सुन तस्करी गर्ने काम लोकतान्त्रिक गतिविधि हो भनेर प्रश्न गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण