विद्यालय शिक्षा विधेयक पुनर्लेखनको आवश्यकता छः यादव
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवले विद्यालय शिक्षा विधेयक, २०८० पुनर्लेखनको आवश्यकता रहेको बताएका छन् ।
शुक्रवार विद्यालय शिक्षा विधेयक, २०८० मा भग लिँदै उनले शिक्षा विधेयक संवेदनशील विषय भएको भन्दै विधेयक सोचेर बनाउनुपर्ने बताए । उनले विधेयकमा व्यापक हेरफेर गर्न र व्यापक संशोधन हाल्न जरुरी रहेको उल्लेख गरे । उनले विधेयक निजी विद्यालयलाई पाल्नका लागि त आएको होइन ? भन्दै प्रश्न गरे ।
उनले भने , ‘शिक्षा विधेयक संवेदनशील विषय हो । यो विधेयक यस्तो बन्नुपर्छ की आमाको गर्भमा बच्चा जब रहन्छ, मृत्यु नहुन्जेलसम्म शिक्षा विधेयकले उसको अधिकारलाई सुनिश्चित गर्छ । यो विधेयक सोचेर बनाउनु पर्छ । यो विधेयकको पुनः लेखनको आवश्यकता छ । किनभने यसमा व्यापक हेरफेर गर्न जरुरी छ । यसमा व्यापक संशोधन हाल्न जरुरी छ । यो विधेयक झट्ट हेर्दा कहीँ निजी विद्यालयलाई पाल्नका लागि त आएको होइन, सामुदायिक विद्यालय बिस्थापन गर्न त आएको होइन ? मैले महशुस गरेको छु । निजी विद्यालयले एक दिन आन्दोलन गर्दा घुँडा टेकेको सरकार सामुदायिक विद्यालयले आन्दोलन गर्दा लाठी चार्ज गर्न बाध्य किन भयो त ? सल्लाह सुझाव लिएको भए त्यस्तो स्थिति आउँदैन थियो कि । शिक्षकहरुको आन्दोलन त जायज थियो, त्यसैले सम्झौता गरेको हो । सरकारले शिक्षकहरुसँग गरेको सम्झौता अक्षरशः पालना गर्नुपर्छ ।’
उनले सरकारले शिक्षकहरुसँग गरेको सम्झौता अक्षरशः पालना हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण