९० लाखभन्दा बढि अवैद्य सम्पति कमाउने अहेवविरुद्ध मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९० लाख रुपैयाँभन्दा बढी सम्पत्तिको स्रोत नखुलेको भन्दै एकजना सिनियर अहेवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
स्याङ्जाको चापाकोट नगर कार्यपालिकाका सिनियर अहेव विन्दु कोइरालाविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
०५४ साल कात्तिक ५ गते सार्वजनिक सेवामा नियुक्ति पाएका कोइरालाले ०७८ मंसिर २१ गतेसम्म आर्जन गरेको दुई करोड ९७ लाख ८१ हजार आठ सय दुई रुपैयाँमध्ये ९० लाख ३९ हजार ६ सय २० रुपैयाँको स्रोत नखुलेको अख्तियारले जनाएको छ ।
कोइरालालाई सोहीबराबरको बिगो कायम गरी साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५, दफा १६ (ग), दफा ३ र दफा २९ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० (२) बमोजिम जरिवाना र कैद सजाय माग गरिएको आयोगका प्रवक्ता भोला दाहालले शुक्रबार जारी गरेको विज्ञप्तिमा छ ।
कोइरालाले पदको दुरुपयोग गरी गैरकानुनी रूपमा कमाएको सम्पत्ति श्रीमती गीता कोइरालाको बैंक खातामा समेत राखेकाले गीतालाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण