सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

९० लाखभन्दा बढि अवैद्य सम्पति कमाउने अहेवविरुद्ध मुद्दा

शुक्रबार, १९ असोज २०८०, १७ : ३१
शुक्रबार, १९ असोज २०८०

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९० लाख रुपैयाँभन्दा बढी सम्पत्तिको स्रोत नखुलेको भन्दै एकजना सिनियर अहेवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

स्याङ्जाको चापाकोट नगर कार्यपालिकाका सिनियर अहेव विन्दु कोइरालाविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

०५४ साल कात्तिक ५ गते सार्वजनिक सेवामा नियुक्ति पाएका कोइरालाले ०७८ मंसिर २१ गतेसम्म आर्जन गरेको दुई करोड ९७ लाख ८१ हजार आठ सय दुई रुपैयाँमध्ये ९० लाख ३९ हजार ६ सय २० रुपैयाँको स्रोत नखुलेको अख्तियारले जनाएको छ ।

कोइरालालाई सोहीबराबरको बिगो कायम गरी साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५, दफा १६ (ग), दफा ३ र दफा २९ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० (२) बमोजिम जरिवाना र कैद सजाय माग गरिएको आयोगका प्रवक्ता भोला दाहालले शुक्रबार जारी गरेको विज्ञप्तिमा छ ।

कोइरालाले पदको दुरुपयोग गरी गैरकानुनी रूपमा कमाएको सम्पत्ति श्रीमती गीता कोइरालाको बैंक खातामा समेत राखेकाले गीतालाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप