भारतमा स्क्रब टाइफसका कारण ८ जनाको मृत्यु, परीक्षण तीव्र
नयाँदिल्ली । भारतको पूर्वी राज्य उडिसामा ‘स्क्रब टाइफस’को सङ्क्रमण बढ्दै गएको र आठ जनाको मृत्यु भएपछि स्वास्थ्य विभागले परीक्षणलाई तीव्रता दिएको अधिकारीहरूले शुक्रबार बताएका छन् ।
बुश टाइफस पनि भनिने स्क्रब टाइफस ‘ओरिएन्टिया सुत्सुगामुशी नामक ब्याक्टेरियाबाट हुने रोग हो । यो जनावरहमा हुने किर्ना वा जुम्राको टोकाइबाट सर्छ । स्क्रब टाइफसको सबैभन्दा सामान्य लक्षणमा ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने र कहिलेकाहीं चिलाउने जस्ता लक्षण देखिन्छन् ।
उडिसाका स्वास्थ्य सेवा निर्देशक निरञ्जन मिश्रले भने, “केही जिल्लामा उक्त भाइरस सङ्क्रमितको मृत्यु भएको रिपोर्ट आएको छ र हामी अहिले आठ जनाको मृत्युबारे अनुसन्धान गरिरहेका छौं ।” मिश्रका अनुसार यस वर्ष राज्यभरि स्क्रब टाइफसको घटनामा वृद्धि भएपछि परीक्षणमा वृद्धि गरिएको छ ।
निर्देशकका अनुसार गत वर्ष राज्यमा करिब एक हजार ५०० सङ्क्रमित भेटिएका थिए । “प्रारम्भिक चरणमा, यो रोगले सामान्य रूपमा प्रयोग हुने एन्टिबायोटिकहरूको प्रयोगबाट उपचार गर्न सकिन्छ । त्यसैले यदि यसलाई प्रारम्भिक चरणमा उपचार गरियो भने, यो जटिल हुँदैन ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण