विश्वकपमा पाकिस्तानको विजयी सुरुवात
हैदराबाद । आईसीसी एकदिवसीय विश्वकपमा पाकिस्तानले नेदरल्याण्ड्सलाई हराउँदै विजयी सुरुवात गरेको छ । पाकिस्तानले आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्सलाई ८१ रनले पराजित गरेको हो ।
पाकिस्तानले प्रस्तुत गरेको २ सय ८७ रनको लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्ड्सले ४१ ओभरमा सबै विकेट गुमाएर २ सय ५ रन मात्र बनाउन सक्यो । नेदरल्याण्ड्सका लागि बास डी लिड्सले ६७ रनको योगदान दिए पनि जीतका लागि पर्याप्त भएन ।
ओपनर विक्रमजीत सिंहले ५२ रनको योगदान दिए भने लोगन भान विकले २८ रन बनाए । पाकिस्तानका लागि ह्यारिस राउफले ३ तथा हसन अलीले २ विकेट लिए ।
यसअघि पाकिस्तानले ४९ ओभरमा २ सय ८६ रन बनाएको थियो । पाकिस्तानका लागि प्लेयर अफ द म्यान घोषित साउद शकिलले ५२ बलमा ६८ रनको विस्फोटक पाली खेले ।
उनलाई मोहम्मद रिजवानले समान ६८ रन बनाउँदै राम्रो साथ दिए । मोहम्मद नवाजले ३९ तथा शहदाब खानले ३२ रन बनाए । नेदरल्याण्ड्सका लागि बास डी लिड्सले ४ तथा कोलिन एकरम्यानले २ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण