दिल्लीमा सुरुङ बनाएर इन्डियन आयल कर्पोरेसनको पाइपलाइनबाट पेट्रोल र डिजेल चोरी
काठमाडौँ । भारतमा पेट्रोलियम पदार्थको पाइपलाइनबाट पेट्रोल र डिजेल चोरी भएको तथ्य प्रकाशमा आएको छ । पाइपलाइनसम्म पुग्न एउटा सुरुङ बनाइएको र उक्त सुरुङको माध्यमबाट पेट्रोल र डिजेल चोरी गरिएको रहस्य खुलेको हो ।
दिल्लीको द्वारका पोचनपुर गाउँ नजिकै इन्डियन आयल कर्पोरेसनको भूमिगत पाइपलाइनबाट पेट्रोल र डिजेल चोरी हुँदै आएको थियो । पाइपलाइनको ४० मिटर टाढा रहेको बाँझो जमिनबाट १५ मिटर गहिरो सुरुङ खनेर चोरी हुँदै आएको पाइएको हो ।
उक्त सुरुङभित्र अक्सिजन पाइपलाइनको व्यवस्थासमेत गरेको पाइएको छ । इन्डियन आयल कर्पोरेसनका अधिकारीहरुले बिजवासनस्थित डिपोबाट मथुरादेखि जालन्धरसम्म जाने भूमिगत पाइपलाइन निरीक्षण गर्ने क्रममा उक्त सुरुङ पत्ता लगाएका हुन् ।
पाइपलाइन जाँच गर्ने मेसिनले पोचनपुरस्थित पाइप लाइनमा ‘ड्रपिङ’ को संकेत दिएपछि इन्डियन आयलका कर्मचारीले पाइपलाइन खनेर हेरेका थिए ।
सोही क्रममा पाइपलाइनमा प्वाल बनाएर ‘अन’ र ‘अफ’ गर्ने एउटा स्वीचसहित प्लास्टिकको पाइप जडान भएको फेला परेको थियो । उक्त पाइप एउटा सुरुङ हुँदै बाहिर लगिएको थियो । सोही पाइपलाइन फेला परेपछि कर्मचारीहरुले ४० मिटर पर एउटा खाली जग्गामा रहेको निकाससम्म पुगेका थिए ।
प्रहरीले उक्त जग्गाको मालिक ५२ वर्षीय राकेशलाई नियन्त्रणमा लिएको छ । उनी पोचनपुर गाउँकै बासिन्दा रहेको प्रहरीको भनाइ छ ।
उनको साथमा अरु को–को संलग्न छन्, कहिलेदेखि चोरी हुँदै आएको र अहिलेसम्म कति परिमाणमा पेट्रोलियम पदार्थ चोरी भयो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’
-
सङ्घ र प्रदेशका सांसदले औपचारिक रूपमै मागे ‘स्वकीय सचिव’
-
लगातार हत्या शृङ्खला : विज्ञ भन्छन्– प्रविधिको दुरुपयोग र नैतिक शिक्षा अभाव
-
गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह
-
सुदूरपश्चिम सरकारमा आफ्ना मन्त्री फेर्न एमाले पनि छलफलमा
-
कार्यव्यवस्था नभएपछि प्रमुख सचेतकहरूको बैठक आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण