बङ्गलादेशमा धागो निर्यातमा समस्या
काठमाडौँ । बङ्गलादेशमा धागो निर्यातका लागि नाका खुला भएको लामो समय बित्दा पनि निकासी हुनु सकेको छैन । नेपालबाट धागो निर्यात गर्न गत फागुनमा बङ्गलादेशले फूलबारी–बङ्गलाबन्ध नाका खुला गरे पनि अझै निर्यात हुन सकेको छैन ।
लामो समयदेखि बन्द रहेको सो नाका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको पहलमा खुला भएको थियो । उद्योगी व्यवसायीले भने अझै धागो निर्यात गर्न सकेका छैनन् । नाका बन्द हुँदा धागो निर्यात नभएपछि व्यवसायीले नेपालबाट नजिक पर्ने बङ्गलाबन्ध–फूलबारी नाका खुलाउन माग गरेका थिए । नाका खुला भएको झन्डै एक वर्ष पुग्न लाग्दा पनि धागो निर्यात हुनु सकेको छैन ।
नेपाल धागो उत्पादक सङ्घका सचिव उत्तम गौतमले प्रक्रियागत झन्झटका कारण धागो निर्यात गर्न नसकिएको जानकारी दिए । निर्यातका लागि बङ्गलादेशका व्यापारीसँग छलफल भइरहेको जानकारी उनले दिए । व्यापार विज्ञ रवि सैँजूले बङ्गलादेशमा धागो निर्यात गर्न नाका खुला भए पनि व्यवसायीले अझै निर्यात गर्न नसकेको जानकारी दिए । “तत्काल पाँच अर्ब रुपैयाँको निर्यात गर्न सकिन्छ । बजार मिलाउन सके वार्षिक १५ अर्ब रुपियाँ बराबरको निर्यात गर्न सकिन्छ,” उनले भने । धागो निर्यात गर्न गुणस्तर कायम र भुुक्तानी प्रणालीमा समस्या रहेको उनको भनाइ छ । सङ्घका अनुसार नेपालमा वार्षिक ५० हजार टन धागो उत्पादन हुन्छ । यसमा १५ हजार टन धागो आन्तरिक खपत र बाँकी सबै निर्यात हुने गर्छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण