शेखर कोइरालाले भने– सरकार सच्चिँदैन भने छोड्नुपर्छ
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सरकारलाई बाटो खालि गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरेका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारको देश अफ्ठ्यारो स्थितिबिाट अघि बढीरहेको भन्दै सरकार सच्चिन आवश्यक रहेको र सच्चिन नसके बाटो खालि गरिदिन आग्रह गरेका हुन् । उनले देशमा जताततै अराजकता रहेको उल्लेख गर्दै यस परिस्थितिलाई कांग्रेस बाहेक अरुले सम्हाल्न नसक्ने दाबी गरे ।
‘देश अत्यन्त अफ्ठ्यारो परिस्थितिबाट गइरहेको छ । जताततै अराजकता छ । यो राजनीतिको अराजकता भन्नुस्, आर्थिक अराजकता भन्नुस्, सामाजिक, धार्मिक अब हुँदाहुँदा कुटनीतिक अराजकता पनि देशमा आइसक्यो । सम्हाल्ने कसले ? नेपाली कांग्रेस बाहेक नेपालमा कुनैपनि लोकतान्त्रिक पार्टी छैन, जसले सम्हाल्न सक्छ’ कोइरालाले भने, ‘देशको प्रधानमन्त्री भन्न त हुँदैन, गोरखाबाटै जितेर प्रधानमन्त्री हुनुभएको छ । देशको प्रधानमन्त्री के भन्नुहुन्छ भने दुई लाख मान्छे सडकमा उतार्छु भन्नुहुन्छ । उहाँ देशको, तपाई हाम्रो प्रधानमन्त्री हो कि उहाँ एउटा पार्टीको सभापति हो ? पार्टीको सभापति हो भने उहाँले जे बोेलेपनि हुन्छ । तर देशको प्रधानमन्त्रीले त्यस्तो गैर जिम्मेवार कुरा गर्न मिल्दैन ।’
उनले देशको प्रधानमन्त्रीले पार्टीको सभापति झैँ दुई लाख मान्छे सडकमा उतार्छु, २०८४ मा माओवादीलाई जिताउ म जातिय राज्य दिन्छु जस्ता अराजक अभिव्यक्ति दिएको बताए । उनले जातिय राज्य गोजीबाट निकालेर दिने हो ? भन्दै प्रश्न समेत गरे । कोइरालाले प्रधानमन्त्रीबाट गैरजिम्मेवार अभिव्यक्ति आउनु नेपालीहरुको लागि दुर्भाग्य रहेको समेत बताए ।
‘उहाँ (प्रधानमन्त्री) २०८४ मा मलाई भोट देउ, माओवादीलाई जिताउ म जातिय राज्य दिन्छु भन्नुहुन्छ । लाग्छ उहाँले खल्तीबाट राज्य निकालेर दिने हो । कुनैपनि जाति विशेष नेपाल छैन, बहुजातिय, बहुभाषिक छ । त्यसैले जातिय राज्य दिन सकिँदैन’ उनले भने, ‘गैर जिम्मेवार, अभिव्यक्ति प्रधानमन्त्रीबाट आउनु, नेपालीहरुको लागि दुर्भाग्य हो । हाम्रो लागि पनि दुर्भाग्य हो । कुनैपनि तरिकामा देश ठिक ढंगले अघि बढेको छैन । त्यसैले यो सरकार सच्चिनुपर्छ । सच्चिन सक्दैन भने छोड्नुपर्छ । अर्को विकल्प छैन । कांग्रेसले मात्रै यी अराजकताहरुलाई समाप्त गर्नसक्छ ।’
नेता कोइरालाले काँग्रेस एक ढिक्का भएर आगामी निर्वाचन एक्लै लड्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण