टिकटकर आयुष र अलिजेहलाई केपी ओलीको बधाई
शनिबार, २० असोज २०८०, ११ : ४६
काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी ओलीले नेपाली नेपाली टिकटकर आयुषसिंह ठकुरी र पाकिस्तानी टिकटकर अलिजेहबीच भएको इन्गेजमेन्टको बधाई दिएका छन् । बिहिबार सामाजिक फेसबुकमार्फत बधाई दिँदै उनले ठकुरी र अलिजेह जमालीको टिकटक आफूले पनि हेर्ने बताएका छन् ।
ओलीले मायाले जातिको, धर्मको, देशको सीमाको पर्खाल पनि नाघेर उचाई लिने बताएका छन् ।
ओलीले लेखेका छन्–‘ नेपाली टिकटकर आयुषसिंह ठकुरी र पाकिस्तानी टिकटकर अलिजेह जमालीले (उनीहरूको टिकटक यदाकदा हेर्ने पनि गर्छु) दुबईमाआफ्ना आमाबाबुलाई साक्षी राखेर आ–आफ्नो संस्कृति अनुसार इन्गेजमेन्ट टिकाटालो गरे । मायाले जातिको, धर्मको, देशको सीमाको पर्खाल पनि नाघेर उचाइ लिन्छ । यसले जाति, धर्म, सम्प्रदायमा भिन्नता होइन समानता खोज्न सिकाउँछ । उनीहरूलाई बधाई छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण