बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

टिकटकर आयुष र अलिजेहलाई केपी ओलीको बधाई

शनिबार, २० असोज २०८०, ११ : ४६
शनिबार, २० असोज २०८०

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी ओलीले नेपाली नेपाली टिकटकर आयुषसिंह ठकुरी र पाकिस्तानी टिकटकर अलिजेहबीच भएको इन्गेजमेन्टको बधाई दिएका छन् । बिहिबार सामाजिक फेसबुकमार्फत बधाई दिँदै उनले ठकुरी र  अलिजेह जमालीको टिकटक आफूले पनि हेर्ने बताएका छन् । 
ओलीले मायाले जातिको, धर्मको, देशको सीमाको पर्खाल पनि नाघेर उचाई लिने बताएका छन् । 

ओलीले लेखेका छन्–‘ नेपाली टिकटकर आयुषसिंह ठकुरी र पाकिस्तानी टिकटकर अलिजेह जमालीले (उनीहरूको टिकटक यदाकदा हेर्ने पनि गर्छु) दुबईमाआफ्ना आमाबाबुलाई साक्षी राखेर आ–आफ्नो संस्कृति अनुसार इन्गेजमेन्ट टिकाटालो गरे ।  मायाले जातिको, धर्मको, देशको सीमाको पर्खाल पनि नाघेर उचाइ लिन्छ । यसले जाति, धर्म, सम्प्रदायमा भिन्नता होइन समानता खोज्न सिकाउँछ । उनीहरूलाई बधाई छ ।’

oli-badhai
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप