जर्मनीमा डाक्टर
डाक्टर पढाउने कलेज छ्यास्छ्यास्ती भए । प्राइभेट अस्पताल च्याउ उम्रेझैँ उम्रिए । प्राइभेट मेडिकल कलेज र अस्पतालमा ढाढ भाच्चिने महँगो भयो । शिक्षा र उपचारमा व्यापार सुरू भयो।
निजी अस्पतालको पैसाको बलमा सरकारी अस्पतालको दुर्दशा हुन थाल्यो। जब सेवामा पैसाको व्यापार हुन थाल्छ, तब गुणस्तरको के आशा गर्नु ?
रामचन्द्र बिरामी भएपछि जँचाउन डाक्टर अग्रवालकहाँ गए । तर, डाक्टर अग्रवाल थिएनन् । एडमिनिस्ट्रेशनमा सोध्दा थाहा भयो, उनी त आफ्नै उपचार गराउन जर्मनी पो गएछन् ।
त्यो खबर सुनेर बिरामी रामचन्द्रलाई एकदम थकाइ लाग्यो। टाउको रिङ्गाएर भननन चक्कर लाग्यो। अडिन सकेनन् । बल्लतल्ल लामो सुस्केरा हाल्दै त्यहीँ बेन्चमा थ्याच्च बसे । अनि, के के सोच्न थाले ।
‘आफ्नै यत्रो अस्पताल हुँदाहुँदै यी डाक्टर किन उपचारको लागि जर्मनी पुगे ? के यहाँ सही उपचार हुँदैन ? कि यहाँको उपचारमा यिनलाई नै बिश्वास छैन ? अनि यत्रा मेडिकल कलेजले कस्ता डाक्टर उत्पादन गरे त ? फेरि यत्रा प्राइभेट अस्पतालले कस्तो चाहीँ उपचार गर्छन त ?’
रामचन्द्र रनभुल्लमा परे । उनले डाक्टर अग्रवाललाई जर्मनीको भव्य अस्पतालमा उपचार गराइरहेको सम्झिए । अनि, उपचार नगराई फर्किए ।
हालः लस एन्जेलस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण