भक्तपुरसहित देशका विभिन्न स्थानमा सवारी दुर्घटना, पाँच जनाको मृत्यु
काठमाडौँ । देशका विभन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । सिरहा, रुकुम पश्चिम, भक्तपुर, कञ्चनपुर र मकवानपुरमा सवारी दुर्घटना भएका हुन् ।
सिरहाको नवराजपुर गाउँपालिका-३ स्थित सडकमा स.४ प ७५६६ नम्बरको मोटरसाइकललाई स.१ च १६७५ नम्बरको पिकअपले शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २९ वर्षीय अशोक रायको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता रूकुम पश्चिमको सानिभेरी गाउँपालिका-१० घनठानास्थित सडकमा बा।०१००३ क (१३) नम्बरको स्काईभेटरको ठक्करबाट सोही ठाउँ बस्ने भरत बहादुर खड्काको छोरा ७ वर्षीय चन्द्र लाल खड्काको शुक्रबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सल्ले रूकुम पश्चिममा उपचारको क्रममा मृत्यु भएको हो । स्काईभेटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यता भक्तपुरको सूर्यबिनायक नगरपालिका-५ श्रीजनानगर चोकमा हाल नम्बर नखुलेको टिपरमा बा.९७ प २९५० नम्बरको मोटरसाइकल ठोकिएर गएराति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-८ दार्जिलिङ हाईट बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोक गढी नगरपालिका-६ घर भएका २३ वर्षीय राम शरण आलेमगरको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल ठिमी हुँदै नर्भिक अस्पताल काठमाडौंमा थप उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-६ पुरानो बस्तीस्थित सडकमा म।१ प २४६८ नम्बरको मोटरसाइकल र से।२ प १४५२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार राति दुर्घटना हुँदा म.१ प २४६८ नम्बरको मोटरसाइकल चालक दोधारा चाँदनी नगरपालिका-६ शान्ती टोल बस्ने ३३ वर्षीय गोपाल सुनारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको दोधारा चाँदनी अस्पताल हुँदै भारतको खटिमा प्रयास हस्पिटलमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका से।२ प १४५२ नम्बरको मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
मकवानपुरको थाहा नगरपालिका-११ कुन्छालस्थित सडकमा ना.६ ख ३९८७ नम्बरको कन्टेनर गाडी अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर शनिबार बिहान दुर्घटना हुँदा चालक नुवाकोट बेलकोट नगरपालिका-५ बस्ने ४२ वर्षीय दिप श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईंसहितको आपराधिक उपद्रव मुद्दा पेस गर्न आदेश
-
रोनाल्डोको जादु चलेन, क्रोएसियामाथि इङ्ल्यान्ड हाबी, मेक्सिको र कोरिया नि ?
-
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न मन्त्रालयद्वारा हटलाइन नम्बर सञ्चालन
-
रामकृष्णको सांगीतिक प्रस्तुतिसँगै अमेरिकामा ‘मालती मंगले’को प्रदर्शन
-
संसद्मा मन्त्री लम्साल : ३ वर्षमा साढे ११ खर्बको ठेक्कादेखि सांसदले मागेको बजेटसम्म
-
४८ वर्षपछि सक्रिय राजनीतिबाट विश्राम, महराका दुःखदायी उत्तरार्द्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण