शाकिब र मिराजको बलिङसामु १ सय ५६ रनमा समेटियो अफगानिस्तान
शनिबार, २० असोज २०८०, १३ : ४७
धर्मशाला । एकदिवसीय विश्वकपको पहिलो खेलमा अफगानिस्तान बंगलादेशविरुद्ध मात्र १ सय ५६ रनमा समेटिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तान मात्र ३७।२ ओभरमा अलआउट बनेको हो ।
अफगानिस्तानलाई सस्तोमा समेट्न बंगलादेशका कप्तान शाकिब अल हसन र मेहदी हसन मिराजले ३–३ विकेट लिए । शाकिबले ८ ओभरमा ३० रन खर्चिए भने मिराजले ९ ओभरमा ३ मेडन राख्दै मात्र २५ रन दिए । शोरिफूल इस्लामले २ विकेट लिए ।
अफगानिस्तानका लागि ओपनर रहमानुल्लाह गुरबाजले सर्वाधिक ४७ रन बनाए । उनलाई अर्का ओपनर इब्राहिम जाडरानले २२ रन बनाउँदै राम्रो साथ दिए । दुई जनाले पहिलो विकेटका लागि ४७ रनको साझेदारी गरे पनि अफगानिस्तानले त्यसपछि लगातार विकेट गुमाउँदै गयो ।
मध्यक्रममा अजमातुल्लाह ओमारजाईले २२ रन बनाएपनि अन्य ब्याट्सम्यानले खासै ठुलो योगदान दिन सकेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण