काेशी प्रदेश
झण्डै दुई घण्टा पछि प्रदेशसभा बैठक सुरू
शनिबार, २० असोज २०८०, १५ : १०
विराटनगर । दिउँसो १ बजेको लागि बोलाइएको कोशी प्रदेशसभा बैठक झण्डै २ घण्टापछि सुरू भएको छ । प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने कार्यक्रम छ । मुख्यमन्त्री कार्कीले यसअघि गत भदौ २२ गते साँझ पद तथा गोयनीयताको शपथ लिएका थिए।
कार्कीले आज विश्वासको मत पाउने सम्भावना भने कमजोर छ । कोशी प्रदेशसभामा नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका चार, जसपा एक गरि बहुमत ४७ सांसद कार्कीलाई विश्वासको मत नदिने निश्चित छ । राप्रपाका ६ जना प्रदेशसभा सदस्य भएपनि तटस्थ बस्ने बताइएको छ ।
यस्तै अवस्था कायम रहे एमालेको ३९ मत कार्कीले पाउने छन् । जुन बहुमतका लागि पर्याप्त होइन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको सय दिनमा पनि भएन राजदूत नियुक्ति : आकांक्षी छनोटमै सकस
-
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष र इजरायली राजदूतबिच भेटवार्ता
-
ब्रिटिश गोर्खा सैनिकबारे परराष्ट्रमन्त्री खनाले गरे बेलायतसँग संवाद
-
संविधानको आधारभूत संरचना बदल्न खोजिए अदालतमा चुनौती दिन्छौँ : वरिष्ठ अधिवक्ता शाक्य
-
अर्बिट समूहद्वारा भ्याटसहितको वैधानिक पीटीई सेवा सुरु
-
भविष्यका वास्तुकार र डिजाइनरलाई सम्मान गर्दै एशियन पेन्ट्सको पुरस्कार वितरण सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण