शिक्षक आन्दोलनका क्रममा छुटेको पढाइ शनिबार पूरा गर्दै
शनिबार, २० असोज २०८०, १६ : ३५
काठमाडौँ । शिक्षक आन्दोलनका क्रममा छुटेको पढाइ बिदाको दिन पढाउन थालिएको छ। काठमाडौँको पद्माेदय मावि र पद्मकन्या माविले आज शनिबारकाे दिन पढाएका हुन् ।
असाेज २ गतेदेखि शिक्षक कर्मचारीहरूले काठमाडौँ केन्द्रित आन्दोलन थालेका थिए। सोही क्रममा केही दिन पठनपाठन बन्द गरिएको थियो। त्यो बेला बन्द गरिएको पढाए शनिबारकाे दिन मिलाइएको पद्माेदय माविका प्रधानाध्यापक नारायण प्रसाद गौतमले जानकारी दिए।
‘आन्दोलनकै क्रममा छुटेको पढाइ पछि गर्छौ भनेका थियौँ त्यही आधारमा आज विद्यालय सञ्चालन गरेर छुटेको पढाइ अघि बढाएका हाैँ,’ प्रधानाध्यापक गौतमले भने।
यस्तै आज शनिबारकै दिन पद्मकन्या माविले समेत विद्यालय सञ्चालन गरेको हो। अन्य विद्यालयहरूले समेत आन्दोलनका क्रममा जति दिन विद्यालय बन्द भएको त्यति दिन अतिरिक्त कक्षा सञ्चालन गर्न थालेका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण