एकै इनिङ्समा तीन शतक, मारक्रमको रेकर्ड : दक्षिण अफ्रिकाले बनायो कीर्तिमानी स्कोर
नयाँ दिल्ली । एकै खेलमा तीन खेलाडीले शतक बनाएपछि दक्षिण अफ्रिकाले श्रीलङ्कासामु ४ सय २९ रनको विशाल लक्ष्य प्रस्तुत गरेको हो । टस हारेर पहिलो ब्याटिङ गर्दै दक्षिण अफ्रिकाले ५० ओभरमा ५ विकेट गुमाएर ४ सय २८ रन बनाएको हो ।
आईसीसी एकदिवसीय विश्वकपमा कुनै पनि टोलीले बनाएको यो सबैभन्दा ठुलो स्कोर हो । यसअघि अस्ट्रेलियाले सन् २०१५ मा अफगानिस्तानविरुद्ध ४१७ रन बनाएको थियो ।
दक्षिण अफ्रिकाका लागि ओपनर क्वीनटन डी कक, रासी भान डेर डुसेन र एइडन मारक्रमले शतक बनाए । कुनै पनि इनिङ्समा एकैपटक तीन खेलाडीले शतक बनाएको यो मात्र चौथो अवसर हो । यसअघि दक्षिण अफ्रिकाले नै दुई तथा इंग्ल्याण्डले एकपटक यो उपलब्धि हासिल गरेको थियो । विश्वकपको खेलमा भने यस्तो भएको पहिलो अवसर हो ।
यता मारक्रम ४९ बलमा शतक पुरा गर्दै विश्वकपमा सबैभन्दा चाँडो शतक बनाउने खेलाडी पनि बने । उनले ५४ बलमा १४ चौका र ३ छक्कासहित १ सय ६ रन बनाए ।
त्यस्तै, ओपनर डी ककले ८४ बलमा आफ्नो शतक पुरा गर्दै आउट भए । उनले १२ चौका र ३ छक्का हिर्काए । डुसेनले ११० बलमा १ सय ८ रन बनाए । उनले १३ चौका र २ छक्का हिर्काए ।
खेलको अन्त्यतिर डेभिड मिरले ३९ तथा हेनरिच क्लासेनले ३२ रनको योगदान दिए । श्रीलङ्काका लगि दिल्सान मधुशंकाले २ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण