बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

नेविसंघले दलहरूलाई विद्यालय शिक्षा विधेयकबारे आफ्नो धारणा बुझाउँदै

आइतबार, २१ असोज २०८०, १३ : २६
आइतबार, २१ असोज २०८०

काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विभिन्न दलहरूलाई विद्यालय शिक्षा विधेयकबारे आफ्नो धारणा बुझाउन थालेको छ । तल्ला कमिटीहरूबाट समेत सुझाव संकलन गरेर निर्माण गरेको धारणाबारे विभिन्न राजनीतिक दलहरूलाई अवगत गराउन थालेको हो । 

पहिलो चरणमा नेविसंघले आफ्नै पार्टी नेपाली कांग्रेसलाई विधेयकबारेको धारणा पेश गरेको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेत रमेश लेखकको उपस्थितिमा महामन्त्री गगनकुमार थापालाई बुझाएको हो । 

विधेयकको विषयमा नेविसंघले आफ्नो धारणा तयार पारेको छ । उक्त धारणा आज सार्वजनिक गर्न लागेको छ । सोही आधारमा आफ्नो पार्टीसहित अन्य राजनीतिक दलहरूलाई समेत धारणाबारे अवगत गराउने कार्यक्रम रहेको नेविसंघले जनाएको छ । 

नेविसंघले विधेयकबारे तयार पारेको धारणा नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका राजनीतिक दलहरूलाई समेत बुझाउनेछ ।   

नेविसंघले अबको ५ वर्षमा ९० प्रतिशत विद्यार्थीहरूल सामुदायिक विद्यालयमा हुनुपर्ने नीति ल्याएको छ ।  नेविसंघले विधेयक संसदमा दर्ता भएसँगै आफ्नो धारणा तय गर्न सार्वजनिक रूपमा सुझाव माग गरेको थियो ।

आफ्ना विद्यार्थी नेता तथा कार्यकर्ताहरूबाट आएको सुझावको आधारमा नेविसंघले विधेयकबारे धारणा तय गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप