नेविसंघले दलहरूलाई विद्यालय शिक्षा विधेयकबारे आफ्नो धारणा बुझाउँदै
काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विभिन्न दलहरूलाई विद्यालय शिक्षा विधेयकबारे आफ्नो धारणा बुझाउन थालेको छ । तल्ला कमिटीहरूबाट समेत सुझाव संकलन गरेर निर्माण गरेको धारणाबारे विभिन्न राजनीतिक दलहरूलाई अवगत गराउन थालेको हो ।
पहिलो चरणमा नेविसंघले आफ्नै पार्टी नेपाली कांग्रेसलाई विधेयकबारेको धारणा पेश गरेको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेत रमेश लेखकको उपस्थितिमा महामन्त्री गगनकुमार थापालाई बुझाएको हो ।
विधेयकको विषयमा नेविसंघले आफ्नो धारणा तयार पारेको छ । उक्त धारणा आज सार्वजनिक गर्न लागेको छ । सोही आधारमा आफ्नो पार्टीसहित अन्य राजनीतिक दलहरूलाई समेत धारणाबारे अवगत गराउने कार्यक्रम रहेको नेविसंघले जनाएको छ ।
नेविसंघले विधेयकबारे तयार पारेको धारणा नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका राजनीतिक दलहरूलाई समेत बुझाउनेछ ।
नेविसंघले अबको ५ वर्षमा ९० प्रतिशत विद्यार्थीहरूल सामुदायिक विद्यालयमा हुनुपर्ने नीति ल्याएको छ । नेविसंघले विधेयक संसदमा दर्ता भएसँगै आफ्नो धारणा तय गर्न सार्वजनिक रूपमा सुझाव माग गरेको थियो ।
आफ्ना विद्यार्थी नेता तथा कार्यकर्ताहरूबाट आएको सुझावको आधारमा नेविसंघले विधेयकबारे धारणा तय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण