४ जना मृत अवस्थामा फेला
काठमाडौं । विभिन्न स्थनमा ४ जना मृतावस्थामा फेला परेका छन् । काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बिजेश्चरीस्थित स्तुपा भ्यु इन गेष्टमा पोखरा घर, वर्ष ५२, नाम दुज बहादुर पैजा बताई मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी जुम्लाको चन्दननाथ नगरपालिका-३ डाडाकोट बस्ने ४५ वर्षीय कासिराम सार्की पनि सोही ठाउँस्थित ढिमीचौर नजिकैको जंगलमा शनिबार मृत अवस्थामा फेला परेका छन् । जंगलमा घाँस काट्न जाने क्रममा चर्पी जान्छु भनी गएकोमा अबेरसम्म नफर्किएकोले खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।
अछामको मंगलसेन नगरपालिका-१३ सालपाटा बस्ने ५८ वर्षीय दिपक थयात खड्का सोही ठाउँस्थित तितेपातीको झाडीमा मृत अवस्थामा फेला परेका छन् ।
प्युठानको ऐरावति गाउँपालिका-५ कालिमाटी बस्ने ४३ वर्षीय होम बहादुर पुनमगर सोही गाउँपालिका-५ स्थित खेतमा शनिबार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख अर्यालसँग भारतीय राजदूतको शिष्टाचार भेट
-
विश्वकप जित्ने मोरक्कोको सपना किन सम्भव देखिन्छ ?
-
सत्तापक्षकै सांसदले भने– राज्यकै लाचारीले जनता मिटर ब्याजको चङ्गुलमा परे
-
विरोधको शैली परिवर्तन गराउने सभामुखको प्रयास, तर विपक्षीलाई मनाउन सकेनन्
-
जाँचबुझ समितिले गर्यो संसदीय मर्यादा उल्लङ्घन भएको ठहर
-
लर्ड्समा पहिलो पटक महिला टेस्ट क्रिकेट, इङ्गल्यान्डले भारतको सामना गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण