संघीयता बलियो बनाउन प्रहरी समायोजन गर्नुपर्छ : सांसद यादव
आइतबार, २१ असोज २०८०, १५ : ११
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादवले संघीयतालाई बलियो बनाउन प्रहरी समायोजन गर्नुपर्ने बताएका छन् ।
आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रहरी प्रशासनलाई संघको मातहतमा राखेर संघीयता बलियो नहुने बताएका हुन् । उनले प्रदेश मातहतमा प्रहरी प्रशासन नदिएर संघीयता बदनाम भएको भन्दै संघीयतालाई बलियो बनाउन प्रदेशलाई प्रहरी दिनुपर्ने बताए । उनले संघीयतालाई मजबुत बनाउने काम सरकारको भएको पनि बताए ।
सांसद यादवले केही तत्त्वहरूले ग्राण्ड डिजाइनमा प्रदेश खारेजीको जुलुस निकालिरहेको उल्लेख गर्दै संघीयता कसैको आशीर्वाद र हुकुम बक्सिसमा नआएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण