आपतकालीन पूर्व तयारी विना जोखिम न्यूनीकरण गर्न सकिँदैन : स्वास्थ्यमन्त्री बस्नेत
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले कुनै पनि प्राकृतिक विपत्तिका बेला हुने क्षति र जोखिम न्यूनीकरणका लागि स्वास्थ्य आपतकालीन पूर्व तयारी हुनुपर्ने बताएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठनको संयुक्त आयोजनामा राजधानीमा आइतबारदेखि सुरु भएको कार्यशालामा मन्त्री बस्नेतले जोखिम न्यूनीकरणमा पूर्व तयारी हुनु पर्ने बताएका हुन ।
नेपाल सधैँ प्राकृतिक प्रकोपको जोखिममा रहेकोले यसबाट हुने धनजनको क्षति कम गर्न समयमा घाइतेको स्वास्थ्य उपचार गर्न स्वास्थ्यका साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नागरिक समाज र दातृ निकायको पनि उत्तिकै भूमिका हुनेमा मन्त्री बस्नेतले जोड दिए । मन्त्री बस्नेतले भने, ‘ प्राकृतिक प्रकोपका बेला सबैले आफ्नो किसिमले उद्धार र सहयोग गर्ने गरेका छन् । यी सबै शक्तिलाई एकीकृत गर्न सकिए जोखिम न्यूनीकरणमा ठुलो सहयोग पुग्ने छ ।’ विगतका प्राकृतिक प्रकोपका आफू स्वयं उद्धार र राहत वितरणमा खटेका सयौँ उदाहरण रहेको स्मरण गर्दै स्वास्थ्य मन्त्री बस्नेतले अहिले स्वास्थ्य मन्त्रीको जिम्मेवारी प्राप्त गर्नु आफ्नो लागि यो क्षेत्रमा अझै दृढ भएर काम गर्ने अवसर भएको बताए ।
कार्यक्रममा कृषि मन्त्रालयका सचिव रेवतीरमण पौडेलले प्राकृतिक विपत्ति आइपरेपछि मात्र तात्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै पूर्व तयारीलाई प्राथमिकता दिनु पर्नेमा जोड दिए । विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. राजेश सम्भाजीराव पाण्डवले प्राकृतिक प्रकोपमा हुने क्षति न्यूनीकरणका लागि स्वास्थ्य आपतकालिन तयारीलाई बलियो बनाउँदै लैजानु पर्ने बताए ।
गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमले प्राकृतिक प्रकोपका बिषयमा पूर्व तयारीको अभावमा धेरै नोक्सानी बेहोर्नु परेकोमा जोड दिँदै पूर्व तयारी अपरिहार्य रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण