सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

आपतकालीन पूर्व तयारी विना जोखिम न्यूनीकरण गर्न सकिँदैन : स्वास्थ्यमन्त्री बस्नेत

आइतबार, २१ असोज २०८०, १७ : १७
आइतबार, २१ असोज २०८०

काठमाडौँ ।   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले कुनै पनि प्राकृतिक विपत्तिका बेला हुने क्षति र जोखिम न्यूनीकरणका लागि स्वास्थ्य आपतकालीन पूर्व तयारी हुनुपर्ने बताएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठनको संयुक्त आयोजनामा राजधानीमा आइतबारदेखि सुरु भएको कार्यशालामा मन्त्री बस्नेतले जोखिम न्यूनीकरणमा पूर्व तयारी हुनु पर्ने बताएका हुन ।

नेपाल सधैँ प्राकृतिक प्रकोपको जोखिममा रहेकोले यसबाट हुने धनजनको क्षति कम गर्न समयमा घाइतेको स्वास्थ्य उपचार गर्न स्वास्थ्यका साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नागरिक समाज र दातृ निकायको पनि उत्तिकै भूमिका हुनेमा मन्त्री बस्नेतले जोड दिए । मन्त्री बस्नेतले भने, ‘ प्राकृतिक प्रकोपका बेला सबैले आफ्नो किसिमले उद्धार र सहयोग गर्ने गरेका छन् । यी सबै शक्तिलाई एकीकृत गर्न सकिए जोखिम न्यूनीकरणमा ठुलो सहयोग पुग्ने छ ।’  विगतका प्राकृतिक प्रकोपका आफू स्वयं उद्धार र राहत वितरणमा खटेका सयौँ उदाहरण रहेको स्मरण गर्दै स्वास्थ्य मन्त्री बस्नेतले अहिले स्वास्थ्य मन्त्रीको जिम्मेवारी प्राप्त गर्नु आफ्नो लागि यो क्षेत्रमा अझै दृढ भएर काम गर्ने अवसर भएको बताए ।

 कार्यक्रममा कृषि मन्त्रालयका सचिव रेवतीरमण पौडेलले प्राकृतिक विपत्ति आइपरेपछि मात्र तात्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै पूर्व तयारीलाई प्राथमिकता दिनु पर्नेमा जोड दिए । विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. राजेश सम्भाजीराव पाण्डवले प्राकृतिक प्रकोपमा हुने क्षति न्यूनीकरणका लागि स्वास्थ्य आपतकालिन तयारीलाई बलियो बनाउँदै लैजानु पर्ने बताए ।

 गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमले प्राकृतिक प्रकोपका बिषयमा पूर्व तयारीको अभावमा धेरै नोक्सानी बेहोर्नु परेकोमा जोड दिँदै पूर्व तयारी अपरिहार्य रहेको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप