१९औँ एसियाली खेलकुदको भव्य समापन, २०औँ संस्करण जापानमा हुने
काठमाडौँ । चीनमा भएको १९औँ एसियाली खेलकुद प्रतियोगिता आइतबार सकिएको छ । तीन वर्षपछि जापानमा २०औँ एसियाली खेलकुद प्रतियोगिता गर्ने वाचासहित १९औँ एसियाली खेलकुदको आइतबार हान्झाउस्थित हान्झाउ ओलम्पिक स्पोर्ट्स सेन्टरमा भव्य समापन गरिएको हो ।
पदक तालिकामा आयोजक राष्ट्र चीनलाई पहिलो भएको छ । चीनले दुई सय एक स्वर्ण पदक जितेको हो ।
पदक तालिकाको दोस्रो स्थानमा रहेको जापानले ५२ वटा स्वर्ण पदक जितिसकेको छ । नेपालले एसियाली खेलकुदको यो संस्करणमा एक रजत र एक कांस्य पदक जितेको छ ।
सहभागी ४५ मध्ये २७ राष्ट्रले स्वर्ण पदक जितेका छन् । स्वर्ण पदक जित्ने २७औँ राष्ट्र म्यानमार हो । ३१ राष्ट्रले रजत पदक हात पारेका छन् । नेपालसहित सातवटा राष्ट्रले भने कांस्य पदकमात्र जित्न सकेका छन् ।
प्रतियोगिताको समापन चीनका प्रधानमन्त्री ली छ्याङले गरेका हुन् । समापन समारोहमा विभिन्न देशका राष्ट्र प्रमुख र सरकार प्रमुखहरु पनि अतिथिको रुपमा सहभागी रहेको समाचारमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण