बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

१९औँ एसियाली खेलकुदको भव्य समापन, २०औँ संस्करण जापानमा हुने

आइतबार, २१ असोज २०८०, २० : ५४
आइतबार, २१ असोज २०८०

काठमाडौँ । चीनमा भएको १९औँ एसियाली खेलकुद प्रतियोगिता आइतबार सकिएको छ । तीन वर्षपछि जापानमा २०औँ एसियाली खेलकुद प्रतियोगिता गर्ने वाचासहित १९औँ एसियाली खेलकुदको आइतबार हान्झाउस्थित हान्झाउ ओलम्पिक स्पोर्ट्स सेन्टरमा भव्य समापन गरिएको हो ।

पदक तालिकामा आयोजक राष्ट्र चीनलाई पहिलो भएको छ । चीनले दुई सय एक स्वर्ण पदक जितेको हो । 

पदक तालिकाको दोस्रो स्थानमा रहेको जापानले ५२ वटा स्वर्ण पदक जितिसकेको छ । नेपालले  एसियाली खेलकुदको यो संस्करणमा एक रजत र एक कांस्य पदक जितेको छ । 

सहभागी ४५ मध्ये २७ राष्ट्रले स्वर्ण पदक जितेका छन् । स्वर्ण पदक जित्ने २७औँ राष्ट्र म्यानमार हो । ३१ राष्ट्रले रजत पदक हात पारेका छन् । नेपालसहित सातवटा राष्ट्रले भने कांस्य पदकमात्र जित्न सकेका छन् ।

प्रतियोगिताको समापन चीनका प्रधानमन्त्री ली छ्याङले गरेका हुन् । समापन समारोहमा विभिन्न देशका राष्ट्र प्रमुख र सरकार प्रमुखहरु पनि अतिथिको रुपमा सहभागी रहेको समाचारमा जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप