इजरायल घटनाको सत्यतथ्य सार्वजनिक गर्न सरकारलाई झलनाथको आग्रह
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले इजरायल आक्रमणका क्रममा १० नेपालीले ज्यान गुमाएको तथा एक जना बेपत्ता भएको घटनाको सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।
सोमबार विज्ञप्ति जारी गर्दै खनालले उक्त घटनाप्रति दुख व्यक्त गर्दै घाइतेहरूको यथाशीघ्र उपचारको व्यवस्था मिलाउन नेपाल सरकार र इजरायलस्थित नेपाली दूतावासको ध्यानाकर्षण गराएका छन् ।
‘साथै, नेपाल सरकार र इजरायल स्थित नेपाली दूतावासलाई घटनाको यथाशीघ्र सत्यतथ्य जानकारी उपलब्ध गराउन पनि आग्रह गर्दछु’, खनालले इजरायलमा रहेका सम्पूर्ण नेपालीहरूको सुरक्षाको निम्ति इजरायल सरकारसँग जोडदार माग गर्दै मृतकका शवलाई अविलम्ब नेपाल पठाउन, इजरायलमा रहेका सम्पूर्ण नेपालीहरूको सुरक्षा गर्न सबै प्रकारका कूटनीतिक पहलकदमी लिन नेपाल सरकार र इजरायलस्थित नेपाली दूतावासको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
इजरायल आक्रमणमा परी १० जना नेपाली नागरिकहरूले ज्यान गुमाएका छन् भने एकजना सम्पर्क विहीन रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण