घरैमा सामाजिक सुरक्षा भत्ता पाएपछि ज्येष्ठ नागरिक खुसी
गोरखा । दसैँको मुखमा घरैमा सामाजिक सुरक्षा भत्ता पाएपछि बारपाक सुलिकोट गाउँपालिकाका ज्येष्ठ नागरिक खुसी भएका छन् ।
गाउँपालिकाले टोलटोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेपछि लाभग्राही खुसी भएका हुन् । “पहिले त वृद्धा भत्ता लिनका लागि बैंकसम्म धाएर पुग्नुपथ्र्यो”, ज्येष्ठ नागरिक राममाया गुरुङले भनिन्, “अहिले घरै नजिकको टोलटोलमा आएर बाँड्न थालेपछि सजिलो भएको छ ।”
उनले भत्ता बुझ्नका लागि बैंकसम्म जान र आउन आफूहरुले धेरै हैरानी खेपेको बताइन् । “बैंकमा गएर लाइन बस्नुपर्दा पनि साह्रै नै गाह्रो हुन्थ्यो”, उनले भनिन्, “गाडी भाडा खर्च उस्तै हुने, झण्झट पनि त्यस्तै हुन्थ्यो, आजभोलि त बैंकका मान्छे नै टोलटोलमा आएर बाँड्छ कति सजिलो भएको छ कति ।”
गाउँपालिकाले चाडबाड मनाउनका लागि सजिलो होस् भन्ने उद्देश्यसहित चालु आवको पहिलो चौमासिकअन्तर्गतका सामजिका सुरक्षा भत्ता प्राप्त गर्ने ज्येष्ठ नागरिक, असहाय तथा अपाङ्गता भएका व्यक्ति, एक महिलालगायतका लाभग्राहीलाई वडावडामा पुगेर भत्ता वितरण गर्न सुरु गरेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए ।
बैंक तथा गाउँपालिकाका कर्मचारीसहितको टोलीले आइतबार गाउँपालिकाको वडा नम्बर ४ स्थित रन्चोक, सिम्बु र बर्दी डाँडामा सामाजिक सुरक्षा भत्ता वितरण गरेको उनले बताए । आइतबारदेखि सुरु गरिएको सामाजिक सुरक्षा भत्ता वितरणको काम यहीँ असोज २६ गतेसम्म चल्ने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले वडाभित्र पाएक पर्ने स्थानमा केन्द्र बनाएर सामाजिक सुरक्षा भत्ता वितरणको गर्न सुरु गरेको अध्यक्ष भट्टले बताए । सामाजिक सुरक्षा भत्ताका लागि असाहय तथा ज्येष्ठ नागरिक बैंकसम्म पुग्न हैरानी खेप्नु परेको भन्दै गाउँपालिकाले बैंकसंग समन्वय गरी वडा र टोलटोलमा पुगेर सामजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण