इजरायलमा फसेका विद्यार्थीलाई तत्काल उद्धार गर्न रेशम चौधरीको माग
सोमबार, २२ असोज २०८०, १३ : ३२
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले इजरायलमा फसेका नेपाली विद्यार्थीलाई उद्धार गरी नेपाल ल्याउन सरकारसँग माग गरेको छ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले सोमवार एक विज्ञप्ति जारी गरी सो माग गरेका हुन् ।
सुदूरपश्चिम विश्वविद्यालय, टिकापुर बुहमुखी क्याम्पस कृषि संकायका विद्यार्थीहरू ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इन्टरर्नसीप अध्ययनका लागि एक महिनाअघि इजाराइल गएका थिए । हमास समूहको आक्रमणमा परेर कैलाली, बझाङ, दार्चुला, धनुषा, सुनसरी र डोटीलगायतका जिल्लाका १० जना विद्यार्थीको मृत्युको खबरले मर्माहत भएको भन्दै संरक्षक चौधरीले हमास समूहको आक्रमणमा परी घाइते भएका विद्यार्थी स्वास्थ्य लामको कामना गरेको छ ।
इजरायलमा फसेकाहरूलाई नेपाल ल्याउन आफ्नो पार्टीले पनि पहल गर्ने र सरकारलाई पनि पहल गर्न उनले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण