बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

कटहरियामा पहिलोपटक अन्तरजिल्ला क्रिकेट प्रतियोगितामा हुँदै

सोमबार, २२ असोज २०८०, १४ : ३७
सोमबार, २२ असोज २०८०

रौतहट । रौतहटको चर्चित बजार कटहरियामा पहिलोपटक अन्तरजिल्ला टी २० क्रिकेट टुर्नामेन्ट प्रतियोगिताको आयोजना गरिएको छ। कटहरिया नगर प्रमुख अजयप्रकाश जैसवालको पहलमा आगामी २९ गतेदेखि कटहरियामा अन्तरजिल्ला टी २० क्रिकेट टुर्नामेन्ट प्रतियोगिताको आयोजना हुन लागेको हो। 

स्थानीय खेलाडीहरूलाई क्रिकेट प्रति आकर्षण जगाउने उद्देश्यले कटहरिया नगरपालिकाले अन्तरजिल्ला प्रतियोगिताको आयोजना गरिएको मेयर जैसवालले बताएका छन्।

आगामी २९ गतेदेखि हुने प्रतियोगिताको लागी हालसम्म ८ वटा टिमले नाम दर्ता गराएका छन् । आयोजक समितिका राजेश साहका अनुसार टी २० प्रतियोगितामा सहभागिताको लागि रौतहटको कटहरिया, गरुडा, गौर, चन्द्रनिगाहपुर, बाराको सिम्रौनगढ, कलैया, वीरगन्ज र हेटौँडाको गरी ८ वटा क्रिकेट टिमले विधिवत् रूपमा नाम दर्ता गराएको छ। 

प्रतियोगिताको फाइनल खेलमा प्रथम हुने टिमलाई ७५ हजार नगद सहितको पुरस्कार, दोस्रो हुनेलाई ३५ हजार नगद सहितको पुरस्कार र मैन अफ द म्याच , मैन अफ द सिरिज लगायतका खेलाडीलाई पुरस्कारको व्यवस्था गरिएको आयोजक कटहरिया नगरपालिकाले जनाएको छ। प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेस रौतहटका जिल्ला सभापति प्रदेश सांसद सुनिल कुमार यादव ( जितेन्द्र) ले गर्ने कार्यक्रम रहेको आयोजक प्रतिनिधि उपेन्द्र कुशवाहाले बताएका छन्। प्रतियोगिता कटहरिया ४ स्थित क्रिकेट मैदानमा आयोजन हुने आयोजकले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप