आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

धरहराको भूमिगत पार्किङमा अब निःशुल्क पार्किङ गर्न पाइने, तस्बिरहरू

सोमबार, २२ असोज २०८०, १४ : ५४
सोमबार, २२ असोज २०८०

काठमाडौँ । दसैँ, तिहारलगायत छठमा हुने भीडलाई मध्यनजर गर्दै काठमाडौँ महानगरपालिकाले धरहरा क्षेत्रभित्र रहेको भूमिगत पार्किङ स्थलमा निःशुल्क अस्थायी पार्किङ सुरु गरेको छ ।

आइतबारदेखि सुरु गरिएको अस्थायी पार्किङको व्यवस्थापन काठमाडौँ महानगरपालिका वडा नम्बर २२ र जीआईईटीसी रमन जेभीले गर्नेछ । दसैँ–तिहारमा काठमाडौँको न्युरोडलगायत व्यापारिक क्षेत्रमा ग्राहकहरूको ठुलो भीड लाग्ने गर्दछ । जसले सो क्षेत्रमा पार्किङको ठुलो समस्या हुने गर्दछ । अस्थायी पार्किङको व्यवस्थाले यो समस्या समाधान गर्न केही सहज हुने महानगरले विश्वास लिएको छ ।

dharahara parking (1)dharahara parking (2)dharahara parking (3)dharahara parking (4)dharahara parking (5)dharahara parking (6)dharahara parking (7)dharahara parking (8)dharahara parking (10)dharahara parking (11)dharahara parking (12)dharahara parking (13)dharahara parking (14)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप