बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
विपत्ति

तिब्बतको शिसापाङ हिमालमा हिमपहिरो, कीर्तिमानी आरोही बेपत्ता

सोमबार, २२ असोज २०८०, १५ : १०
सोमबार, २२ असोज २०८०

काठमाडौँ । संसारका १४ अग्ला हिमालमध्ये चीनको तिब्बतमा रहेको १४ औँ अग्लो सिशापाङ हिमालमा गएको हिम पहिरोमा परि विश्व कीर्तिमानी आरोही तेन्जेन शेर्पा बेपत्ता भएका छन् । गत शनिवार गएको हिम पहिरोमा उनीसँगै अर्का आरोही अमेरिकी नागरिक गिना मारी पनि बेपत्ता भएकी छिन् । 

नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नुरु शेर्पाका अनुसार नेपाली पथप्रदर्शक तेन्जेन र नर्वेकी महिला आरोहीले गत साउनमा विश्वकै दोस्रो अग्लो (८,६११ मिटर) हिमाल सम्पन्न गरेसँगै विश्व रेकर्ड कायम गरेका थिए । सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्धारा जारी विज्ञप्ति पनि तेन्जेन हिम पहिरोमा परि बेपत्ता भएको जनाइएको छ ।

गत शनिवार गएको हिम पहिरोमा आरोही गाइड मिङमार शेर्पा र अमेरिकी नागरिक अन्ना गुटु पनि हिम पहिरोमा बेपत्ता भएका थिए । सोही दिन दुवै जनाको शव भेटिएको जानकारी मन्त्रालयका प्रवक्ता एवं सहसचिव हेमराज तामाङले दिए ।

उनका अनुसार तेन्जेनसँगै पर्वतारोही अमेरिकी नागरिक गिना मारी पनि बेपत्ता भएकी छिन् । त्यस्तै आरोही गाइड कर्मा ग्याल्जेन शेर्पा, मित्रबहादुर तामाङ र कामीरिता शेर्पा गम्भीर घाइतेका रूपमा भेटिएको मन्त्रालयले जनाएको छ ।

सहसचिव तामाङका अनुसार हराइरहेका घाइते, आरोही गाइड र शेर्पाहरूको खोज तथा उद्धार कार्यका लागि मन्त्रालयबाट पहल भइरहेको छ ।

bigyapti

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप