तिब्बतको शिसापाङ हिमालमा हिमपहिरो, कीर्तिमानी आरोही बेपत्ता
काठमाडौँ । संसारका १४ अग्ला हिमालमध्ये चीनको तिब्बतमा रहेको १४ औँ अग्लो सिशापाङ हिमालमा गएको हिम पहिरोमा परि विश्व कीर्तिमानी आरोही तेन्जेन शेर्पा बेपत्ता भएका छन् । गत शनिवार गएको हिम पहिरोमा उनीसँगै अर्का आरोही अमेरिकी नागरिक गिना मारी पनि बेपत्ता भएकी छिन् ।
नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नुरु शेर्पाका अनुसार नेपाली पथप्रदर्शक तेन्जेन र नर्वेकी महिला आरोहीले गत साउनमा विश्वकै दोस्रो अग्लो (८,६११ मिटर) हिमाल सम्पन्न गरेसँगै विश्व रेकर्ड कायम गरेका थिए । सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्धारा जारी विज्ञप्ति पनि तेन्जेन हिम पहिरोमा परि बेपत्ता भएको जनाइएको छ ।
गत शनिवार गएको हिम पहिरोमा आरोही गाइड मिङमार शेर्पा र अमेरिकी नागरिक अन्ना गुटु पनि हिम पहिरोमा बेपत्ता भएका थिए । सोही दिन दुवै जनाको शव भेटिएको जानकारी मन्त्रालयका प्रवक्ता एवं सहसचिव हेमराज तामाङले दिए ।
उनका अनुसार तेन्जेनसँगै पर्वतारोही अमेरिकी नागरिक गिना मारी पनि बेपत्ता भएकी छिन् । त्यस्तै आरोही गाइड कर्मा ग्याल्जेन शेर्पा, मित्रबहादुर तामाङ र कामीरिता शेर्पा गम्भीर घाइतेका रूपमा भेटिएको मन्त्रालयले जनाएको छ ।
सहसचिव तामाङका अनुसार हराइरहेका घाइते, आरोही गाइड र शेर्पाहरूको खोज तथा उद्धार कार्यका लागि मन्त्रालयबाट पहल भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण