राजधानीकाे कान्तिपथमा दुर्गा प्रसाईँमाथि दुर्व्यवहार, मोसो दलियो
काठमाडौँ । राजधानीको कान्तिपथमा व्यवसायी दुर्गा प्रसाईँमाथि दुर्व्यवहार भएको छ । कार्यक्रममा सहभागी हुन होटल एल्लो प्यागोडाभित्र प्रवेश गर्ने क्रममा उनीमाथि दुर्व्यवहार भएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी कुमोध ढुंगेलले प्रसाईमाथि दुर्व्यवहार भएको पुष्टि गरे । सार्वजनिक एक भिडियोमा उनीमाथि मोसो दलिएको देखिएको छ भने शरीरको कपडा पनि च्यातिएको छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र नागरिक अभियानको संयोजक रहेका प्रसाईँले बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई मोसो दल्ने भनेर धम्की दिँदै आएका थिए । प्रसाईंले बैंक तथा वित्तीय संस्थाका प्रमुखहरूलाई 'कालोमोसो' दल्ने भन्दै दस्ता नै बनाएका थिए । गत फागुन १३ गते चितवनमा 'कालोमोसो दस्ता'को केन्द्रीय संयोजकको रूपमा शम्भु थापालाई घोषणा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण