संसदीय समितिमा चटारो, प्रदेशसभा बैठक प्रभावित
मकवानपुर । संसदीय समितिको बैठकका कारण बागमती प्रदेशसभा बैठक प्रभावित बनेको छ । संसदीय समितिमा रहेका विधेयक माथिको छलफल र प्रतिवेदन तयारीको चटारोका कारण प्रदेशसभा बैठक प्रभावित बनेको हो ।
सोमबार अपराह्न ४ बजे साँझ ५ः५० बजे मात्र सुरु भएको छ । संसदीय समितिमा रहेका विद्येयकहरुको छलफल टुंग्याएर प्रतिवेदन पेश गर्ने कार्य सूचि अनुसार प्रदेशसभा बैठक आह्वान गरिएको थियो । तर, संसदीय समितिको बैठकले विधेयकको दफावार छलफल र संशोधनलाई पारित गर्न केही समय बढी लागेपछि प्रदेशसभा बैठक प्रभावित बनेको हो ।
प्रदेशसभाको आजको बैठकमा प्रदेश संचार माध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदनमाथि छलफल सिमत पारित गर्ने कार्यसूची रहेको छ भने प्रदेश स्वास्थ्य सेवा ऐनको संशोधन गर्न बनेको विधेयक, प्रदेश सरकारी कामकाजी भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश कृषि विकास विधेयकको प्रतिवेदन पेश हुने कार्यसूची रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दनदनी बलिरहेको छ युरोप
-
प्रियंका कार्कीको चलचित्र ‘मास्टर्नी’ को टिजर सार्वजनिक
-
साउनको दोस्रो सोमबार पशुपतिसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो
-
चितवनमा सडक निर्माण अलपत्र छाड्ने ठेकेदार कम्पनीको ठेक्का अन्त्य
-
सुनसरीका दुई गाउँपालिकामा पनि ५ जना भन्दाबढी भेला हुन निषेध
-
बाढी र पहिरोले देशभरका मुख्य राजमार्ग अवरुद्ध, कहाँ-कहाँ रोकिए सवारी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण