शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

मंसिर १४ देखि १८ गतेसम्म काठमाडौँमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला हुँदै

सोमबार, २२ असोज २०८०, १९ : ०४
सोमबार, २२ असोज २०८०

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले नेपाल सरकारको सहकार्यमा आगामी मंसिर १४ देखि १८ गतेसम्म नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला गर्ने भएको छ ।  

सोमबार टेकुस्थित महासंघको कार्यालयमा पत्रकार सम्मेलन गर्दै महासंघले जानकारी दिएको हो । महासंघले नेपाल सरकारको सहयोगमा आगामी मंसिर १४ देखि १८ गतेसम्म काठमाडौँमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्ने भएको छ । पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गत वर्ष कोभिडको कारण निरन्तरता पाउन नसकेको मेला यो वर्ष आयोजना गर्न लागेको बताए । उनले नेपाल सरकारसँगको सहकार्यमा आगामी मंसिर १४ देखि १८ गतेसम्म काठमाडौँमा हुन लागेको बताए । 

अध्यक्ष ढकालले उक्त मेलाको लागि ५० प्रतिशत भन्दा बढी स्टलहरु बुकिङ भइसकेको बताए । उनले मेलामा करिब ३ सय स्टलहरु रहने बताए । उनले मेलामा ७० भन्दा बढी चीनबाट  र ८० भन्दा बढी स्टल बुकिङ भारतबाट भएको उल्लेख गरे ।

अध्यक्ष ढकालले मेलामा बंलादेशबाट पनि ४० भन्दा बढी स्टल बुकिङ गरेको बताए । उनले लामो समयपछि अन्तर्राष्ट्रिय व्यापार मेला हुन लागेकाले अन्तर्राष्ट्रिय व्यापार महत्त्वपूर्ण योगदान पुग्ने विश्वास रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप