स्यान्टनरको रेकर्डमा न्युजिल्याण्डको लगातार दोस्रो जित
हैदराबाद । न्यूजिल्याण्डले विश्वकपमा लगातार दोस्रो जित हात पारेको छ । किवी टोलीले नेदरल्याण्ड्सलाई ९९ रनले पराजित गरेको छ । यो जितपछि टोली ४ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ ।
हैदराबादको राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय २२ रन बनाएको थियो । ओपनर विल योङले ७० रन, रचिन रविन्द्रले ५१ रन र टम लाथमले ५३ रनमा अर्धशतक बनाए भने डेरिल मिचेलले ४८ रन बनाए । नेदरल्याण्ड्सका लागि आर्यन दत्त, पल भान मिकेरेन र रोएलफ भान डर मर्वेले समान २–२ विकेट लिए ।
जवाफी इनिङ्समा नेदरल्याण्ड्सको टोली ४६.३ ओभरमा २ सय २३ रनमा अलआउट भयो । नेदरल्यान्ड्स विरुद्ध बायाँ हाते स्पिनर मिचेल स्यान्टनरले ५९ रन दिएर ५ विकेट लिए ।
उनी विश्वकपमा ५ विकेट लिने न्यूजिल्याण्डका पहिलो स्पिनर बनेका छन् । यसअघि ड्यानियल भेटोरीले सन् २००७ मा आयरल्याण्ड र २०१५ मा अफगानिस्तानविरुद्ध ४–४ विकेट लिएका थिए । फास्ट बलर मध्ये टिम साउथीको नाममा इंग्ल्याण्ड विरुद्ध ३३ रनमा ७ विकेट लिने कीर्तिमान छ ।
स्यान्टनरले रायन क्लाइन (८ रन), रोलोफ भान डर मर्वे (एक रन), कप्तान स्कट एडवर्ड्स (३० रन), कोलिन एकरम्यान (६९ रन), म्याक्स ओडाउड (१६ रन) को विकेट लिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण