शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सुनको मूल्य तोलामा थप ३ सय रुपैयाँले बढ्यो, कतिमा हुँदै छ कारोबार ?

मङ्गलबार, २३ असोज २०८०, ११ : ०१
मङ्गलबार, २३ असोज २०८०

काठमाडौँ । अघिल्लो दिन तोलामा १ हजार रुपैयाँले बढेर १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार थप ३ सय रुपैयाँले बढ्न पुगेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ३ सय रुपैयाँले बढ्दै १ लाख ८ हजार ९ सय रुपैयाँ पुगेको हो । यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ३ सय रुपैयाँले नै बढ्दै १ लाख ८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

यता चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले घट्दै १ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ३५ रुपैयाँले बढ्दै १ हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप