आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

खुकुरी प्रहार गरेर महिलाको हत्या गरेको आरोपमा एक जना पक्राउ

मङ्गलबार, २३ असोज २०८०, १२ : ३१
मङ्गलबार, २३ असोज २०८०

काठमाडौँ । सुनसरीको इटहरीबाट हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  भोजपुरको साल्पा सिलिचोक गाउँपालिका–९ घर भएका ४९ वर्षीय निमा तामाङ छन् ।

निमाले इटहरी उपमहानगरपालिका–१७ मझौरा बस्ने ३२ बर्सिया कमला तामाङको हत्या गरेको आरोप छ । सामान्य विवादमा उनले कमलालाई खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी कमलाको उपचारको क्रममा न्युरो अस्पताल विराटनगरमा निधन भएको थियो ।

घटनाबारे इलाका प्रहरी कार्यालय पकलीले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप